logo
२०८१ जेष्ठ ४ शुक्रवार



धारिलो हतियार प्रहारबाट महिलाको हत्या

खुला |
प्रदेश |


धारिलो हतियार प्रहारबाट महिलाको हत्या



लीला झापाली
बिर्तामोड, असोज २ गते । झापाको शिवसताक्षी ३ मा छिमेकीको धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या भएको छ । प्रहरीले हत्यामा संलग्नमा शिवसताक्षी नगरपालिका– ३ स्थित मानेचोक निवासी ३४ वर्षीय देवबहादुर मिस्त्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार शिवसताक्षी– ३ निवासी कुमार लिम्बुको ३७ वर्षीया श्रीमती सुषमा लिम्बुलाई मिस्त्रीले गत सोमबार नै धारिलो हतियार फलामको बिँड भएको बाम्फोकले टाउको र अनुहारमा प्रहार गरि सख्त घाइते बनाएका थिए ।

छिमेकी मिस्त्रीको बाम्फोक प्रहारबाट घाइते भएकी सुषमालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल हस्पिटल विराटनगर पठाइएको थियो । उनको उपचारको क्रममा शुक्रबार साँझ ६ बजे मृत्यु भएको डिएसपी थापाले बताउनुभयो ।

यता पक्राउ परेका मिस्त्रीलाई झापा जिल्ला अदालत भद्रपुरबाट ज्यान मार्ने उद्योगमा सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

लिम्बु र मिस्त्रीका परिवार अरू जमिन अधियामा लिई खेतीपाती गरी परिवारको गुजारा चलाउँदै आएका थिए । मृतक सुषमाका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?