logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनाबाट भेरी अस्पतालमा बाँके र बर्दियाका दुई सङ्क्रमित महिलाको मृत्यु

खुला |
प्रदेश |


कोरोनाबाट भेरी अस्पतालमा बाँके र बर्दियाका दुई सङ्क्रमित महिलाको मृत्यु
सङ्क्रमितको शव व्यवस्थापन गर्दै सेनाको टोली । तस्विर - सिराज खान । नेपालगञ्ज



सिराज खान
नेपालगञ्ज, असोज २ गते । कोरोना भाइरस सङ्क्रमणबाट भेरी अस्पतालमा बाँके र बर्दियाका थप दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचार गराइरहनुभएका बाँके खजुराका ६० वर्षीया महिलाको गत राति ११ बजे र बर्दिया मधुवन नगरपालिका २ का ४२ वर्षीया महिलाको शनिबार दिउँसो ११ बजे मृत्यु भएको हो ।
भदौ २७ गते कोभिड पुष्टि भएको खजुरा २ का ६० वर्षीया महिलालाई २८ गते भेरी अस्पतालमा भर्ना गरिएकोमा अवस्था गम्भीर बन्दै गएर गत राती ११ बजे मृत्यु भएको ओलीले बताउनुभयो ।
यसैगरी, भदौ ३१ गते कोरोना सङ्क्रमण पुष्टि भएकोमा सोही दिन भेरी अस्पतालमा भर्ना हुनुभएका बर्दिया मधुवन २ का ४२ वर्षीया महिलाको पनि अवस्था बिग्रँदै गएपछि उपचार हुँदाहुँदै शनिबार दिउँसो ११ बजे मृत्यु भएको उहाँले बताउनुभयो ।
यसअघि शुक्रबार पनि कन्चनपुरका ५८ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको थियो ।
योसँगै कोरोनाबाट मृत्यु हुने बाँके जिल्लाका नागरिकको सङ्ख्या ३३१ ज्ना पुगेको छ भने उपचारका लागि बाँकेमा आएका बाहिरी जिल्लाका ४१३ जना सङ्क्रमितको मृत्यु भएको कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?