logo
२०८१ जेष्ठ २ बुधवार



कालीकोटमा १२ कैदीको कैद कट्टा

खुला |
प्रदेश |


कालीकोटमा १२ कैदीको कैद कट्टा


कालीकोट समाचारदाता
कालीकोट असोज ३ गते । संबिधान दिवसको अवसरमा कालीकोट कारागारवाट १२ जना कैदीको कैद कट्टा भएको छ । ज्यान मार्ने उद्योगमा कसुर ठहर भएका कालीकोट रास्कोट १ का वसन्त भनिने डेकेन्द्रबहादुर शाही लगायत १२ जना कैद मुक्त भएको कारागार कालीकोटले जनाएको छ ।

जिल्ला कारागार कालीकोट प्रमुख नरहवहादुर सार्किले वहुविवाह मुद्दामा कसुर ठहर भएका दुई जना महिलाकासाथ १० जना पुरुष गरी १२ जना बन्दीको कैद मिनाह भएको जानकारी दिनुभयो । उहाँले कैद मिनाह हुने अधिकांश ज्यान मुद्दामा दोसी ठहर भएका ब्यक्ति रहेको बताउनुभयो । ५० प्रतिशतभन्दा बढी कैद सजाय भुक्तान गरेकालाई कैद मिनाहका लागि सिफारिस गरिएको थियो ।

प्रजिअसहित पाँच जना विभूषित
कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यसहित पाँच जना संबिधान दिवसको अवसरमा विभूषित हुनुभएको छ । संबिधान दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी आचार्य, भेरी अस्पताल वाँकेमा कार्यरत स्टाफ नर्स सुनीता सहकारी, स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका साथै जनयुद्धमा ज्यान वलिदान गर्ने तत्कालीन माओवादी सेनाका कमाण्डरद्वय कमलबहादुर बिष्ट र अमरबहादुर बिक गरी पाँच जना रहनुभएको छ ।

सुनिता सहकारी यसभन्दा अघि पनि जननेता मदन भण्डारीको स्मृति दिवसमा एक लाख राशीको पुरुस्कार सहित सम्मानित हुनुभएको थियो । कोरानोको जोखिममा वाँकेको भेरी अस्पतालमा रहेर जोखिमपूर्ण अवस्थामा काम गरेको भन्दै मदन भण्डारी फाउण्डेसनले सम्मान गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?