logo
२०८१ जेष्ठ ३ बिहीवार



डोजरले खन्दा स्थानीय सडक जोखिममा

खुला |
प्रदेश |


डोजरले खन्दा स्थानीय सडक जोखिममा


प्रेमराज सिम्खाडा
कालीकोट, असोज ८ गते । कालीकोटको स्थानीय सरकारले खनेका सडकले जोखिम वढाइरहेको छ । जिल्ला, नगर र गाउँसभाले प्राथमिक्तामा राखेको सडक निर्माणका कारणले कालीकोटका अधिकांश ठाउँमा पहिरोको जोखिम वढेको पाइएको छ ।

स्थानीय सरकारले चुनावी प्रतिवद्धता पुरागर्ने नाममा डोजर प्रयोग गरी सडक गाउँमा पु¥याएको देखाउने बिकासले सबैभन्दा वढी असर गरेको स्थानीयको गुनासो छ । बिपद ब्यवस्थापन क्षेत्रमा लामो समय काम गर्दै आउनुभएका सामाजिक अभियन्ता लिलाराज न्यौपानेले जमिनको परिक्षण नहुनु, प्राबिधिक रुपले योजना नबन्दा जोखिम बढाएको बताउनुभयो ।

स्थानीय सरकारले भुगोलका कारण समस्या आएको दावि गर्दैआएको छ । सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्वरवहादुर शाहीले नागरिकको आवश्यकताअनुसार सडक वनाउनु पर्ने तर जमिन नै कमजोर भएकाले पहिरोको जोखिम वढेको वताउनुभयो । अध्यक्ष शाहीले जमिनलाई दोस दिनुभयो । जनतालाई बिकास छिटो चाहिने, छिटो बिकास गर्ने यन्त्र भनेकै नेपालमा डोजर (स्काभेटर) भएकाले उसैको प्रयोग गर्नु स्थानीय सरकारको वाध्यता भएको उहाँले वताउनुभयो ।

सान्नीत्रिवेणी गाउँपालिका वडा नं १, २, ४, ७, ९ वडाका सडक आसपासकावस्ती पहिरोको जोखिममा रहेको स्थानीयको भनाई छ । खाँडाचक्र नगरपालिका–८ दशाला लुवारवाडा टोलका २४ घर पहिरोको जोखिममा परेका छन् । वातावरणीय र जोखिमको नक्साङकनबिना स्काभेटरले धमाधम सडक खनेपछि लुवार गाउँको फेदीका २४ घर पहिरोको जोखिममा छन् ।

पहिरो बगिरहेका कारण २४ घरका परिवारका सदस्य राति घरमा सुत्न डराएर लेखतिर गाईगोठमा जानेगरेको स्थानीय जंगे नेपालीले बताउनुभयो । वडाले राति डोजर लगाएर बाटो खनेपछि बस्ती जोखिमा परेको र तीन पटक प्रहरी मुचुल्का गरेर लिए पनि हालसम्म कुनै निकायबाट सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।

प्राबिधिक मापनबिना जथाभावी सडक निर्माण गरेका कारणले कालीकोट पहिरोको उच्च जोखिममा परेको विपद ब्यवस्थापन समितिको भनाई छ । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जलवायुका हिसाव नै जोखिम भिरालो ठाउँ भएकाले पनि जोखिम हुनेगरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?