logo
२०८१ जेष्ठ २ बुधवार



राजमार्ग मर्मत नहुँदा नागरिकलाई सास्ती

खुला |
प्रदेश |


राजमार्ग मर्मत नहुँदा नागरिकलाई सास्ती


जनार्जन खत्री
सर्लाही, असोज ८ गते । सर्लाही खण्डको पूर्व–पश्चिम राजमार्ग मर्मत नहुँदा स्थानीय नागरिकलाई सास्ती भएको छ । राजमार्गको दर्जनौँ स्थानमा ठूल्ठूला खाल्डो परेका छन् । जिल्लाको चापिनी र लखन्देही खोलाको पुल समेत जिर्ण छ । राजमार्ग र पुलमा बनेका खाल्डाखुल्डीले सवारी दुर्घटना बढिरहेको स्थानीयको भनाई छ ।

सर्लाहीको पूर्बी सीमना बाँके खोलादेखि पश्चिम बागमती खोलासम्मकै राजमार्ग अत्यन्त खराब बनेको स्थानीयको गुनासो छ । खाल्डो छल्नेक्रममा सवारी साधन ठोक्किने गरेको उहाँहरुको भनाई छ । चौबिसै घण्टा ब्यस्त हुने राजमार्ग खराब हुँदा मोटरसाइकल, कार, जीपजस्ता सानाखाले सवारी सबैभन्दा बढी प्रभावित भएका छन् ।

सर्लाहीका ट्राफिक प्रहरी निरीक्षक केदारमान दोङले चाडपर्व नजिकिँदै गर्दा सवारीको चाप बढ्दै गएपनि सडकको अवस्था जिर्ण रहेको बताउनुभयो । “चाडपर्व नजिकिएसँगै सडकमा सर्वसाधरण र सवारीको चाप बढेको छ, तर सडकको अवस्था बिग्रदो छ,” ट्राफिक प्रहरी निरीक्षक दोङले भन्नुभयो, “यसले सवारी दुर्घटनाको जोखिम अझै बढेको छ ।”

सडकमा जति सवारीको चाप बढ्यो, दुर्घटनाको जोखिम पनि उत्तिनै हुने ट्राफिक प्रहरी निरीक्षक दोङले बताउनुभयो । खाल्डो परेका केही स्थानमा माटो र गिट्टी बालुवा हालेर पुर्ने काम भएको उहाँले बताउनुभयो । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले दशैँअघि नै पूर्व–पश्चिम राजमार्ग मर्मतको काम गरिने जनाएको छ । कार्यालयका प्रमुख नरेशप्रसाद केशरीले रौतहटतर्फबाट सडक मर्मतको काम सुरु भइसकेको र दुई–चार दिनभित्रै सर्लाही खण्डको काम पनि सुरु हुने बताउनुभयो ।

उहाँकाअनुसार सडक मर्मतका लागि विश्व बैङ्कद्वारा ठेक्का लागेकाले ठेकेदारमार्फत नै काम गरिने बताइएको छ । “ठेकेदारमार्फत रौतहटबाट काम सुरु भइसकेको छ, अब केही दिनभित्रै सर्लाही खण्डको पनि काम सुरु गराउछौँ,” सडक डिभिजन कार्यालयका प्रमुख केशरीले भन्नुभयो, “दशैँ अघिसम्म सडकका खाल्डाखुल्डी पुरिसक्छौँ ।”

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?