logo
२०८१ जेष्ठ २ बुधवार



बलात्कार मुद्दामा पीडक र पीडित दुबैलाई सजाय

खुला |
प्रदेश |


बलात्कार मुद्दामा पीडक र पीडित दुबैलाई सजाय


कमल शर्मा
दैलेख,असोज ९ गते । बलात्कार मुद्दामा जिल्ला अदालत दैलेखले पीडित पक्ष र पीडक पक्ष दुबैलाई सजाय सुनाएको छ । अदालत दैलेखका न्यायाधीश दण्डवाणी लामिछानेको एकल इजलासले बिहीबार पीडकलाई १० वर्ष कैद र पीडकलाई उन्मुक्ति दिन वयान फेर्ने पीडित पक्षलाई समेत पाँच हजार जरिवाना हुने फैसला सुनाएको हो ।

पीडितले प्रहरीमा दिएको जाहेरी विपरीत बयान फेरेपछि अदालतले पीडित पक्षलार्ई समेत सजायको फैसला गरेको हो । बलात्कारमा दोषी ठहरिएका दुल्लु नगरपालिका– ८ का ६१ वर्षीय नन्दाराम भण्डारी र बयान फेर्ने बलात्कृत बालिकाकी आमालाई जरिवाना गरेको छ ।

अदालतले १७ वर्षीया बालिकालाई झारफुक गर्ने बहानामा बलात्कार गरेको कसूरमा पीडक भण्डारीलाई १० वर्ष कैद सजाय सुनाएको छ । आरोपित भण्डारी जोगाउन बलात्कार भएको होइन भनी वकपत्र गर्नुभएका पीडित बालिकाकी आमालाई पाँच हजार रुपियाँ जरिवानाको फैसला सुनाइएको अदालतका सुचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिनुभयो ।

उजुरी गर्दा पाँच हप्ताको गर्भ रहेको बताएको र कानूनअनुसार अस्पतालमा गर्भपतन गराएको प्रमाण छदाँछँदै आरोपित पक्षलाई जोगाउन उजुरीमा उल्लेखित ब्यहोरा विपरित वकपत्र गर्ने पीडित पक्षलाई समेत सजाय भएको उहाँले बताउनुभयो । २०७७ वैशाख १० गते झारफुक गर्ने बहानामा आफ्नै घरमा बोलाएर भण्डारीले बालिकालाई बलात्कार गरेका थिए । घटनालगत्तै पीडित पक्षले जेठ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले भण्डारीलाई सोही दिन पक्राउ गरेको थियो । अदालतले थुनछेक बहसपछि भण्डारीलाई पुर्पक्षका लागि दैलेख कारागारमा थुनामा पठाएको थियो ।

अधिबक्ता दीर्घराज अधिकारीले राज्यको साधन स्रोत र जनशक्तिको खर्च गराएर कानूनी प्रक्रियामा रहेका मुद्दामा प्रलोभन, डर, धाक र दवाव दिने खराब प्रचलन बसेकोबेला अदालतबाट आएको फैसलाले आम नागरिकमा सचेतना जगाउँने काम गरेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी प्रमुख अनुपम श्रेष्ठले पहिला सहमति हुने वा जवरजस्ती गरी बलात्कार गर्ने, पछि आर्थिक लेनदेनमा बयान समेत फेर्न प्रचलन बढ्दै गएकाबेला अदालतबाट आएको फैसालाले समाजमा सकरात्मक सन्देश दिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?