logo
२०८१ बैशाख २८ शुक्रवार



डडेल्धुरामा २८ वर्षीय युवा नगरसभापतिमा विजयी

खुला |
प्रदेश |


डडेल्धुरामा २८ वर्षीय युवा नगरसभापतिमा विजयी
परशुराम नगरसभापतिमा विजयी भरत बडायर जोशी


राजेन्द्र ठगुन्ना
अमरगढी, असोज १० गते । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ७ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको सातवटै पालिकाको अधिवेशनबाट पालिका सभापतिहरुमा युवाहरुको वर्चश्व देखिएको छ ।

परशुराम नगरपालिकामा २८ वर्षीय भरत बडायर जोशी नगरसभापतिमा विजयी हुनुभएको छ । पालिका अधिवेशनमा खसेको कुल दुई सय मतमध्ये उहाँले १ सय ४८ मत र प्रतिस्पर्र्धी पूर्व जिल्ला उपसभापति धर्मानन्द भट्टले ४८ मत प्राप्त गर्नुभएको थियो । ४ मत बदर भएको जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताउनुभयो ।

निर्वाचन अधिकृत बमकाअनुसार भागेश्वर गाउँपालिका सभापतिमा डम्बरराज जोशी विजयी हुनुभएको छ । उहाँले कुल ८४ मत मध्ये ५६ र प्रतिपस्पर्धी लालबहादुर मडैले २५ मत गरेको र २ मत बदर भएको छ ।

अजयमेरु गाउँपालिका सभापतिमा कुल खसेको १०४ मतमध्ये ८४ प्राप्त गरि टेकराज पाण्डेय विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी निवर्तमान पालिका सभापति कर्णबहादुर मल्लले १९ मत प्राप्त गरेको र १ मत बदर भएको बताइएको छ ।

आलिताल गाउँपालिका सभापतिमा चन्द्रदेव बोहरा ६९ प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी धनबहादुर देउवाले ५९ मत प्राप्त गर्नु भएको थियो । कुल १ सय ३१ मत खसेको र ३ मत बदर भएको छ । गन्यापधुरा गाउँपालिका सभापतिका लागि खसेको कुल ८५ मतमध्ये ४७ मत प्राप्त गरी इन्द्रबहादुर कार्की विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी दलबहादुर भाटले ३८ मत प्राप्त गर्नुभएको थियो ।

अमरगढी नगरपालिकाको सभापतिमा खेमराज भट्ट (मायालु) र नवदुर्गा गाउँपालिकाको सभापतिमा भोजराज भट्ट सर्वसम्मत चयन हुनुभएको जिल्ला निर्वाचन अधिकृत बमले बताउनुभयो । नेपाली काँग्रेस जिल्ला सभापति कर्ण मल्ल पक्षका नेताहरुले भने वडा अधिवेशन वैधानिक नभएको र वडा अधिवेशनसहित क्रियाशील सदस्यता विवाद समाधान गर्नुपर्ने भन्दै रिले अनशन बसिरहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?