logo
२०८१ बैशाख २९ शनिवार



हराएको एक हप्तापछि एमाले जिल्ला सदस्यको शव फेला

खुला |
प्रदेश |


हराएको एक हप्तापछि एमाले जिल्ला सदस्यको शव फेला


शिवराज ढुंगाना
अछाम, असोज ११ गते । मेला हेर्न गएर हराइरहेका बान्नीगढी जयगढ गाउँपालिकाका एक पुरुषको सात दिनपछि स्थानीय जंगलमा शव फेला परेको छ । बान्नीगढी जयगढ गाउँपालिका– ६ दर्नाका धनबहादुर रावतको सोही वडाको रवालेकमा सोमबार बिहान शव फेला परेको हो ।

रामारोशन गाउँपालिका–७ सुतारको अनन्ते मेला हेर्न गएका रावत असोज ४ गतेबाट सम्पर्कविहिन हुनुभएको थियो । दर्ना र सुतार फरक स्थानीय तह अन्तर्गतका वडा भएपनि आपसमा जोडिएका छन् ।

हराइरहेका रावतलाई खोज्न आफन्त, प्रहरी र सशस्त्र प्रहरी लागेपनि मोबाइल लोकेसनका आधारमा एक हप्तापछि शव फेला परेको अछाम प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा पराजित रावत नेकपा (एमाले) का जिल्ला सदस्य हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?