logo
२०८१ बैशाख २१ शुक्रवार



कालीगण्डकी वडा कार्यालयमा तोडफोड

खुला |
प्रदेश |


कालीगण्डकी वडा कार्यालयमा तोडफोड


तिलाचन पाण्डे
तम्घास, असोज ११ गते। कालीगण्डकी गाउँपालिका वडा नम्वर १ हर्मिचौरको वडा कार्यालय तोडफोड भएको छ । गएराती अज्ञात समुहले कार्यालय तोडफोड गरेको वडा अध्यक्ष ठानीस्वर पाण्डेले जानकारी दिनुभयो । वडा कार्यालयका कम्प्युटर र ल्यापटप सुरक्षित रहेको पाण्डेले बताउनुभयो ।

यस्तै, स्थानीय रबिन्द्र पाण्डेको घरको कोठा तोडफोड गरी नगद २२ हजार र मोवाइल चोरी भएको छ । रुक्मांगत पाण्डेको घरको कोठाबाट पनि २० हजार नगद चोरी भएको स्थानीय गोपाल पाण्डेले बताउनुभयो । सोहीअनुसार बिष्णु पाण्डेको पसल, स्थानीय डिल्लीराम पाण्डे, पुरुषोत्तम पाण्डेको घर पनि तोडफोड भएको वडा अध्यक्ष पाण्डेले बताउनुभयो । यता सोही स्थानमा रहेको गणेश मन्दिरको दानपेटिका समेत चोरी भएको स्थानीय गोपाल पाण्डेले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले घटनास्थलमा पुर्तिघाट र रिडीको टोली पुगेर अध्ययन गरिरहेको जनाएको छ । बिस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?