logo
२०८१ बैशाख २१ शुक्रवार



विदेशमा सिकेको सीपले गाउँमै रोजगारी

खुला |
प्रदेश |


विदेशमा सिकेको सीपले गाउँमै रोजगारी


गोविन्द शर्मा
बाँके, असोज ११ गते । परिवारका सदस्यहरुसँग घरमा बसेर आर्थिक उपार्जन हुन थालेपछि बाँकेको खजुरा गाउँपालिका ४ एफ गाउँका किसान तिलवहादुर श्रीष मगरले फेरि वैदेशिक रोजगारीमा जाने सोच नै बनाउनु भएन । मलेसियामा बिताएका १० वर्षमध्ये उहाँले ६ वर्षभन्दा बढी समय ड्रागन फर्ममा बिताउनुभयो । फर्कंदा २०७३ सालमा एउटा ड्रागन फलको विरुवा साथमा लिएर आउनुभयो । त्यसलाई बारीमा रोपेर हुर्काउनुभयो ।

फेरि मलेसिया काममा फर्कनुभयो । मलेसियाबाट फर्केपछि दुई वर्षदेखि उहाँ विदेश नजाने गरी ड्रागन फल उत्पादनमा लाग्नुभएको छ । अहिले उहाँले करिब एक विघा जग्गामा ड्रागनको खेती गर्नुभएको छ । जसमध्ये थप १४ कठ्ठा जग्गा भाडामा लिनुभएको छ । पछिल्लो दुई वर्षदेखि मगरको दैनिकी नै ड्रागन फर्ममा बित्नेगरेको छ ।

एउटा विरुवाबाट सुरु गर्नुभएको खेती अहिले सात सय पोलमा दुई हजार ८०० विरुवा फल दिनेक्रममा रहेको उहाँले बताउनुभयो । ड्रागनले क्रमशः फल उत्पादन सुरु गरेपछि विक्रि वितरण पनि सुरु भएको उहाँको भनाई छ ।

विदेशमा कमाउने पैसा घरमा परिवारका सदस्यसँग बसेर कमाउन सकिन्छ भने किन विदेशमा काम गर्न जानु ? मगरले भन्नुभयो, “मैले अब फेरि विदेश जाने सोच नै त्यागिसकेको छु।”

खाडीमुलुक मलेसियामा १० वर्ष श्रम गर्नुभएका मगरलाई त्यहाँको सीपले गाउँमा पनि रोजगारी दिन सफल भएको छ । उहाँको फर्ममा एउटा पोलमा चारवटा विरुवा रोपिएको छ । एउटा पोलबाट एक सिजनमा पहिलो वर्षमा १–२ किलो उत्पादन हुने गरेकोमा बढेर चौथो वर्षसम्म पुग्दा २० किलोसम्म हुने मगरले बताउनुभयो ।

विद्यतु पोल नढलेसम्म करिब २५–३० वर्षसम्म यसको उत्पादन राम्रो हुने उहाँको भनाइ छ । गर्मी र आकाशे पानी बढी हुने भएकाले बाँके लगायत तराईका जिल्लामा यसको राम्रो उत्पादन हुने मगरले बताउनुभयो । दुई वर्षपछि बार्षिक २० लाखभन्दा बढीको आम्दानी हुने उहाँले बताउनुभयो । मगरले फलसँगै विरुवा समेत उत्पादन गरी विक्रि वितरण गर्दै आउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?