logo
२०८१ बैशाख ३० आईतवार



महालेखा परीक्षकको प्रतिवेदन प्रदेश सभामा पेस

खुला |
प्रदेश |


महालेखा परीक्षकको प्रतिवेदन प्रदेश सभामा पेस


अविनाश चौधरी
धनगढी, असोज ११ गते । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७६-७७ को बजेट खर्चबारे महालेखा परीक्षकले तयार पारेको वार्षिक प्रतिवेदन २०७८ प्रदेश सभा बैठकमा पेस भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङले सोमबार प्रदेश सभामा सो प्रतिवेदन पेस गर्नुभएको हो । अध्ययन छलफलका लागि सो प्रतिवेदनलाई संसद्को सार्वजनिक लेखा समितिमा पठाइने सभामुख अर्जुनबहादुर थापाले जानकारी दिनुभयो ।

यसैबीच, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गर्नुभएको छ । यस्तै, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउँदले सुदूरपश्चिम प्रदेश खेलकुद ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गर्नुभएको छ ।

प्रदेश सभा बैठकमा सामाजिक विकास समितिले तयार पारेको प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । सुदूरपश्चिम पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल भइ तयार पारिएको प्रतिवेदन समितिका सभापति कुन्ती जोशीले प्रस्तुत गर्नुभएको हो । प्रदेश सभाको अर्को बैठक मङ्गलबारका लागि बोलाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?