logo
२०८१ बैशाख १८ मंगलवार



लठ्ठीले हिर्काएर श्रीमतीको हत्या

खुला |
प्रदेश |


लठ्ठीले हिर्काएर श्रीमतीको हत्या
फाइल तस्विर गुगलबाट


गणेश खनाल
अर्घाखाँची, असोज १३ गते । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । सन्धिखर्क नगरपालिका ७, खाँचीकोटमा श्रीमानले आफनै ३५ वर्षीया श्रीमती सीता विकलाई लठ्ठीले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका अर्घाखाँचीका प्रमुख अम्मरबहादुर थापाले जानाकारी दिनुभयो ।

मङ्गलवार राती खाँचीकोटको म्युखोलामा दुवै जनाले मदिरा पिएर झगडा गरेको र मदिराकै नशामा म्यालको लठ्ठीले हिर्काएर हत्या गरेको प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिनुभयो । मृतकका श्रीमान विष्णु विकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । रक्सीको तालमा झगडा हुदाँ लठ्ठीले हान्दा श्रीमतीको ज्यान गएको विष्णुको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?