logo
२०८१ बैशाख ३० आईतवार



स्टील र प्लाष्टिक समानको प्रयोगले सङ्कटमा ठेकी व्यवसाय

खुला |
प्रदेश |


स्टील र प्लाष्टिक समानको प्रयोगले सङ्कटमा ठेकी व्यवसाय


राजेन्द्र ठगुन्ना
अमरगढी, असोज १३ गते । डडेल्धुराको विभिन्न क्षेत्रमा प्लाष्टिक र स्टीलका घरायसी सामान प्रयोगमा आउन थालेपछि परम्परागत काठको ठेकी व्यवसाय सङ्कटमा परेको छ । सो व्यवसाय गर्दै आएका व्यक्तिहरु विस्थापित हुने अवस्थामा पुगेको स्थानीयले बताएका छन् ।

आलिताल गाउँपालिका ५ भित्रिसैन बलेवामा परम्परागत र आधुनिक प्रविधिको प्रयोग गरी काठको ठेकी निर्माण गर्दैआएका चुनारा समुदायका व्यक्तिहरु व्यवसाय नै परिवर्तन गर्ने तयारीमा रहेको बताएका छन् । पछिल्लो समयमा प्लाष्टिक र स्टीलका सामानहरुले बजारक्षेत्र ओगटेपछि काठका ठेकीहरुको व्यापार घट्दै गएको स्थानीय दानी चुनाराले बताउनुभयो । उहाँले भन्नुभयो, “ठेकी निर्माणका लागि आवश्यक पर्ने गिठेदार, साँदनको काठ पाउनै मुस्किल हुन्छ, अर्कोतिर हामीले निर्माण गरेको ठेकीभन्दा बजारका प्लाष्टिक र स्टीलका भाँडाहरु सस्तो पर्ने हुँदा व्यवसाय गर्न समस्या छ ।”

प्लाष्टिक र स्टीलका भाँडाहरुको मूल्य तीन सयदेखि पाँच सयसम्म पर्दा गिठेदार काठबाट बनेका सानो ठेकीको मुल्य एक हजारदेखि २ हजार रुपियाँसम्म पर्नेगरेको स्थानीयले बताउनुभएको छ । ठूला ठेकीहरुको मूल्य आठ हजार रुपिँयासम्म पर्ने हुँदा ठेकीको बजार घट्दैगएको स्थानीय ठेकी व्यापारी भोजराज पनेरुले बताउनुभयो ।

उहाँले भन्नुभयो “स्टील र प्लाष्टिकमा राखेको दूध दहीभन्दा काठको ठेकीमा राखेको धेरै गुणस्तरीय हुने गर्छ । काठको ठेकीको केही माग घटे पनि वास्तविक पशुपालकहरुले काठकै ठेकी खोज्ने गरेको स्थानीयको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?