logo
२०८१ जेष्ठ ३ बिहीवार



प्रदेश २ को प्रदेशसभा बैठक २० गते बस्ने, मुख्यमन्त्रीले विश्वासकाे मत लिने

खुला |
प्रदेश |


प्रदेश २ को प्रदेशसभा बैठक २० गते बस्ने, मुख्यमन्त्रीले विश्वासकाे मत लिने


धीरेन्द्रप्रसाद साह
जनकपुरधाम, असोज १३ गते । प्रदेश २ सरकारले विश्वासको मत लिन प्रदेशसभाको बैठक आह्वान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन २० गते प्रदेश सभाको बैठक आह्वाना गर्नुभएको हो ।

प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहकाअनुसार मन्त्रिपरिषद्को बैठकले सरकारलाई विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वानको निर्णय भएको छ । प्रदेश सभा २० गते बिहान ११ बजे बस्ने निर्णय भएको मन्त्री साहले जानकारी दिनुभयो ।

दल विभाजनपछि बनेको गठबन्धन सरकारले सभामा विश्वासको मत पुष्टि गर्न सभाको आह्वान गरिएको बताउनुभयो । प्रदेश २ मा जनता समाजवादी पार्टी, नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सरकारमा सहभागी छन् । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) समेतले सरकारलाई समर्थन गरिसकेको छ ।

प्रदेशसभामा कूल १०४ जना सदस्यमध्ये जनता समाजवादी पार्टीका ३९, नेपाली काँग्रेस १९, लोकतान्त्रिक समाजवादी १६, नेकपा (एकीकृत समाजवादी) १३, नेकपा (माओवादी केन्द्र) ८, नेकपा (एमाले) ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सदस्य छन् ।

प्रदेशसभामा प्रत्यक्षबाट पुरुष ५७, महिला चार गरी ६१ र समानुपातिकबाट पुरुष १० र महिला ३३ गरी ४३ जना निर्वाचित भएका हुन । यता नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा एमाले सरकारको विपक्षमा छन् । लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले प्रमुख प्रतिपक्षी भूमिका निर्वाह गर्ने जानकारी गराइसक्नु भएकोछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?