logo
२०८१ बैशाख ३० आईतवार



डडेल्धुरामा पहिलो पटक व्यावसायिक रुपले टर्की पालन शुरु

खुला |
प्रदेश |


डडेल्धुरामा पहिलो पटक व्यावसायिक रुपले टर्की पालन शुरु


राजेन्द्र ठगुन्ना
अमरगढी, असोज १४ गते । पछिल्लो समय युवा पुस्ताहरुको कृषि तथा पशुपालन व्यवसायप्रतिको आकर्षणले गाउँसम्म एकल तथा सामूहिक कृषि तथा पशुपालन व्यवसाय सञ्चालन हुँदैआएको छ । यहीबेला डडेल्धुरा अमरगढी नगरपालिका २ मौरडा बस्ने सुरेश भण्डारीले पहिलो पटक टर्की पालन व्यवसाय सुरु गर्नुभएको छ ।

डेढवर्ष अघि धनगढी कैलालीबाट १५० वटा टर्कीका चल्ला ल्याएर व्यवसाय सुरु गर्नुभएको भण्डारीले एक वर्षयता दुई लाख रुपियाँभन्दा बढीको टर्की विक्री गर्नुभएको छ । उहाँले भन्नुभयो “मैले टर्कीका चल्ला पनि बिक्री गर्र्दैआएको छु भर्खर जन्मेको टर्कीको चल्लाको मूल्य तीन सयदेखि ५ सय रुपियाँमा बिक्री हुनेगर्छ ।”

करिब सात लाख रुपियाँको लगानीमा टर्की, लेयर्स जातका कुखुराका साथै स्थानीय जातका साकिनी, घाँटीकुइले र उल्टे जातका कुखुरा उहाँले पालन गर्नुभएको छ । टर्कीको मासुलाई प्रतिकेजी ८ सयमा विक्री गर्नेगरेको व्यवसायी भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो “डडेल्धुरामा टर्कीले बजार नपाएपछि ५६ वटा टर्की धनगढीमा लगेर विक्री गरेको थिएँ ।”

उच्च रक्तचाप, मधुमेह, एसिडजस्ता रोगका बिरामीका लागि टर्कीको मासु उत्तम हुने स्थानीयको भनाइ छ । टर्कीको मासुमा चिल्लो तथा बोसोको मात्रा कम हुने हुँदा यसको मासुको माग तराईतिर बढी रहेको भण्डारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?