logo
२०८१ जेष्ठ ३ बिहीवार



गाडीको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको मृत्यु

खुला |
प्रदेश |


गाडीको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको मृत्यु


प्रतीक इच्छुक शर्मा
सल्यान, असोज १५ गते । जिपको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहान १० बजे जिपको ठक्करवाट गम्भीर घाइते भएर राप्ती प्रादेशिक अस्पताल दाङ्ग तुलसीपुरमा उपचारको क्रममा दिउँसो दुई विद्यार्थीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका – ६ बरलाकी अन्दाजी १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी अन्दाजी १८ वर्षकै सुनिता नेपाली रहेको वताउनुभयो ।
उनीहरुको उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको हो । अन्य तीन जनाको थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीको भनाइ छ ।
आज विहान बागचौरदेखि सल्यान खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका –२ बाङ्गेसल्लामा रुखको छहारीमा बसी रहेका विद्यार्थीलाई ठक्कर दिएको थियो । ओभर स्पिडका कारण विद्यार्थीलाई ठक्कर दिएर जिप सडकबाट १० मिटर तल खसेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?