logo
२०८१ जेष्ठ १ मंगलवार



सुदूरपश्चिम प्रदेशको आठौं अधिवेशन अन्त्य

खुला |


सुदूरपश्चिम प्रदेशको आठौं अधिवेशन अन्त्य



अविनाश चौधरी
धनगढी, असोज १५ गते । सुदूरपश्चिम प्रदेशको आठौं (बर्खे) अधिवेशन अन्त्य भएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आठौं अधिवेशन अन्त्यको घोषणा गर्नु भएको हो । २०७८ जेठ २१ गतेबाट सुदूरपश्चिम प्रदेशको आठौं अधिवेशन सुरु भएको थियो ।
यो अधिवेशनमा प्रदेश सभाबाट सात वटा विधेयक पारित भएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिनुभयो । यसैगरी, तीन वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् ।
शुक्रबार बसेको आठौं अधिवेशनको अन्तिम बैठकले दुई वटा संशोधन विधेयकसमेत पारित गरेको छ । बैठकले प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेश खेलकुद ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीको प्रस्तावमा प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सभामै दफावार छलफल गरिएको थियो । दफावार छलफलमा प्रदेश सभा सदस्यहरु अमरबहादुर साउद, भरतबहादुर खड्का र अक्कल रावलले भाग लिनुभएको थियो ।
यसैगरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदको प्रस्तावमा सुदूरपश्चिम प्रदेश खेलकुद ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकाथि पनि सभामै दवाफार छलफल गरिएको थियो । छलफलमा प्रकाशबहादुर रावल, श्यामलाल राना थारु र वीरमान चौधरीले भाग लिनु भएको थियो । २०७६ मा बनेको दुवै ऐन कार्यान्वयन गर्दै जाने क्रममा केही कुरा सच्याउनु पर्ने र केही कानूनी अड्चन आइपरेकाले त्यसलाई फुकाउनका लागि संशोधन आवश्यक परेको विधेयक प्रस्तुतकर्ता मन्त्रीहरुको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?