logo
२०८१ जेष्ठ ४ शुक्रवार



एकसय दशजना जेष्ठ नागरिकलाई सम्मान

खुला |
प्रदेश |


एकसय दशजना जेष्ठ नागरिकलाई सम्मान


विजयकुमार साह
ढल्केवर, असोज १५ गते । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा धनुषाको मिथिला नगरपालिका १० लालगढमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । नारी कल्याण महिला बहुउद्देश्य सहकारी संस्था र महिला जागरण समूहले वडाभित्र रहेका एकसय १० जनालाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

आयोजकले जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर तथा हर्लिक्सलगायत पोषिलो खानेकुरा दिएर सम्मान गरेको बताएका छन् । सेवानिवृत कर्मचारी कृषि सहकारी संस्थाका अध्यक्ष धु्रवप्रसाद जगुरेलले नागरिकको सम्मान पहिलो कर्तव्य भएको बताउनुभयो । जेष्ठ नागरिकको सीप, ज्ञान र अनुभवलाई नयाँ पुस्ताले सिकाइका रुपमा लिनुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष गजुरेलले जेष्ठ नागरिक ज्ञानका भण्डार भएकाले उहाँहरुमा भएका ज्ञान आदानप्रदान गर्न जेष्ठ नागरिक मिलन केन्द्रको स्थापना हुनुपर्ने सुझाव दिनुभयो । बढ्दो वैज्ञानिकीकरणले आफ्नै सन्तानबाट जेष्ठ नागरिकहरु पीडित हुनेगरेको यथार्थ राख्दै वृद्धवृद्धाको सम्मानले मात्र धर्म परम्परा जीवित रहने विश्वास व्यक्त गर्नुभयो ।

नारी कल्याण महिला बहुउद्देश्य सहकारी संस्था र महिला जागरण समूहकी अध्यक्ष खीलकुमारी पोखरेलले छोरा बुहारीबाट वृद्ध बाबाआमा अपहेलित हुँदैआएकाले वृद्धवृद्धाहरुको सम्मानका लागि यस्ता कार्यक्रमहरुलाई प्रथामिकता दिइएको बताउनुभयो । उहाँले जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?