logo
२०८१ बैशाख ३१ सोमवार



चाडपर्व लक्षित नागरिक सहायता कक्ष स्थापना

खुला |
प्रदेश |


चाडपर्व लक्षित नागरिक सहायता कक्ष स्थापना


राजेन्द्र ठगुन्ना
अमरगढी, असोज १६ गते । चाडपर्वको समयमा विभिन्न गन्तव्यका लागि यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी विभिन्न चेकपोष्टहरुमा नागरिक सहायता कक्षको स्थापना गरिएको छ ।

चाडपर्वको समयमा सवारी साधानहरुले क्षमताभन्दा बढी यात्रु सवार गराउने, बढी भाडा असुल्ने र यात्रुलाई अनावश्यक दुःख दिने प्रबृत्तिलाई रोक्न नागरिक सहायता कक्षको स्थापना गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताउनुभयो ।

उहाँकाअनुसार ट्राफिक प्रहरी पोष्ट स्याउले, बागबजार, सकायल तथा जोगबुडामा नागरिक सहायता कक्षको स्थापना गरी यात्रुलाई सहज र सवारी साधानमाथि निगरानी बढाइएको छ । चाडपर्वको समयमा क्षमताभन्दा बढी यात्रुहरु गाडीमा बोक्दा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै ईन्ट्रि पोष्टमा अनिवार्य ईन्ट्री तथा ट्राफिक प्रहरीद्वारा हाईवे चेकिङ्गलाई कडाई गरिएको प्रहरी प्रमुख नेपालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?