logo
२०८१ बैशाख २३ आईतवार



सभामुख घर्तीलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार

खुला |
प्रदेश |


सभामुख घर्तीलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार


दिवाकर पाख्रेल
देउखुरी, असौज १६ गते । लुम्बिनी प्रदेशसभाका सभामुख एवम् जनवादी संगीतकार पूर्णबहादुर घर्तीमगरलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिनेभएको छ । जनवादी गीतसंगीतको माध्यमबाट साँस्कृतिक एवं राजनीतिक रुपान्तरणमा पु¥याउनुभएको योगदानको कदर गर्दै सभामुख घर्तीलाई सो पुरस्कार प्रदान गर्न लागिएको उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिनु भयो ।

दाङमा पहिलो पटक आयोजना गरिएको उत्सर्ग संगीत अवार्ड २०७८ सँगै आगामी मंसीर ११ गते ताम्रपत्रसहित २५ हजार राशीको सो पुरस्कार प्रदान गरिने अध्यक्ष पीडितले बताउनुभयो । २०४६ सालदेखि शिक्षण पेशाबाट अवकाश लिई राजनीतिमा पूर्णकालीन हुनुभएका सभामुख घर्तीले जनयुद्ध भावधाराका सैयौं गीत तथा कविता रचना गर्नुभएको छ ।

विभिन्न साँस्कृतिक समूहको नेतृत्व गर्दै सामना साँस्कृतिक परिवारको केद्रीय संयोजक समेत रहनुभएका सभामुख एवं जनसंगीतकार घर्तीले साँस्कृतिक सिपाहीका रुपमा जनक्रान्तिमा उच्च योगदान पु¥याउनु भएको अध्यक्ष पीडितले बताउनुभयो । २०६५ मंसिर २३ देखि २०६६ असारसम्म नेपाल टेलिभिजनको बोर्ड अध्यक्ष बन्नुभएका घर्ती २०७४ मंसिर २२ गतेको प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनको उम्मेदवारको रुपमा रुकुम पूर्व क्षेत्र नं. १ (२) बाट प्रदेश ५ (हाल लुम्बिनी) प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?