logo
२०८१ बैशाख ३१ सोमवार



राप्रपा अछामको अध्यक्षमा शाही

खुला |
प्रदेश |


राप्रपा अछामको अध्यक्षमा शाही


शिवराज ढुङ्गाना
अछाम, असोज १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी अछामको एकता भेलाले ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको अध्यक्षमा मीनबहादुर शाही, सहअध्यक्षमा अर्जुनबहादुर शाही, वरिष्ठ उपाध्यक्षमा राउते टमट्टा चयन हुनुभएको छ ।

यस्तै कार्यसमितिमा सुरजजंग कुँवर, प्रवक्तामा दीपकबहादुर शाही र कोषध्यक्षमा शेषकुमारी शाही र अन्य सदस्य सर्वसम्मत चयन गरिएको नवनिर्वाचित अध्यक्ष शाहीले जानकारी दिनुभयो । विनायकमा शनिबार सम्पन्न अधिवेशन उद्घाटनका क्रममा राप्रपाका नेता तथा पूर्वमन्त्री जगत गौचनले आफ्नो दलले मात्र देशमा स्थिरता र विकास गर्ने दाबी गर्नुभएयो ।

सो क्रममा राप्राका केन्द्रीय सदस्य श्यामबहादुर शाहीलगायतले सम्बोधन गर्नुभएको थियो । राप्रपाको केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि छनाेट प्रक्रिया अघि बढेको प्रवक्ता शाहीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?