logo
२०८१ चैत्र २८ शुक्रवार



कोशीटप्पुमा जङ्गली हात्ती 'माकुना' मृत फेला, विद्युतीय धरापमा परेको आशङ्का, आरक्षका कर्मचारी चिन्तित

खुला |
प्रदेश |


कोशीटप्पुमा जङ्गली हात्ती 'माकुना' मृत फेला, विद्युतीय धरापमा परेको आशङ्का, आरक्षका कर्मचारी चिन्तित


जयकृष्ण यादव
इनरुवा, असोज १७ गते । कोश टप्पु वन्यजन्तु आरक्षमा रहेर आतंक मच्चाउदै आएको जङ्गली हात्ती माकुनाको मृत्यु भएको छ । आइतबार बिहान आरक्षको पूर्वी तटबन्ध नजिकै विद्युतीय तारमा करेण्ट लागेर माकुनाको मृत्यु भएको स्थानीयहरुले बताएका छन् ।
आरक्षमा रहेको हात्तीसारको हात्तीको प्रजननको साथी समेत रहेको मकुनाको मृत्युले आरक्ष प्रशासन चिन्तित बनेको छ । कोशी टप्पु लर्निङ ग्राउन्डको अध्यक्ष राजकुमार सिंहले कोशीटप्पुमा माकुनाको मृत्युुको खबरले दुःखी बनाएको बताउनुभयो ।
सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोशीटप्पु वन्यजन्तु आरक्षमा आइतबार माकुना जङ्गली हात्ती मृत फेला परेको सिंहले बताउनुभयो । हात्तीसार स्थित अक्वा रिसोर्टदेखि ३०० सय मिटर उत्तर, बाँधको पूर्वपट्टि पटेरमा हात्ती मृत भेटिएको सिंहले बताउनुभयो । कोशीटप्पु वन्यजन्तु आरक्षको नजिकै रहेको गाउँघर र धान, उखुखेतमा बिजुलीको तार जोडिएकोले करेन्ट लागेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
हात्तीको शरीरको अन्य भागमा चोटपटक नभएको भन्दै करेन्टकै कारण मरेको हुनसक्ने अनुमान गरिएको सिंहले बताउनुभयो । घटनास्थलमा आरक्षका प्रमुख संरक्षण अधिकृत (वार्डेन) अधिकृत अशोककुमार राम पुगेर माकुना हात्तीको पोष्टमार्टम गर्ने तयारी गरेको जानकारी दिनुभयो । पशु स्वास्थ्यकर्मीको टोली घटना स्थलमा पुगेको रामले जानकारी दिनुभयो । उहाँका अनुसार मृत हात्तीलाई कानुनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिने वार्डेन रामले बताउनुभयो । यसअघि पनि माकुना बाहेक छ जङ्गली हात्तीको करेण्ट लागेर मृत्यु भईसकेको छ । जनतालाई आतङ्क मच्चाउने हात्तीहरुलाई यसअघि सुस्त पार्न २ पटक डार्ट हानेको थियो । आरक्षका प्रमुख रामका अनुसार वराहक्षेत्र नगरपालिकाको चतरा, प्रकाशपुर, मधुवन, कोशी गाउँपालिकाको पश्चिम कुशाहा, हरिपुर र सप्तरीमा एक एक गरी छ जङ्गली हात्तीको करेण्ट लागेर मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?