logo
२०८१ बैशाख २३ आईतवार



बेलहिया नाका खुल्यो, सीमामा स्वास्थ्य जाँच गरेर प्रवेश गराइँदै

खुला |
प्रदेश |


बेलहिया नाका खुल्यो, सीमामा स्वास्थ्य जाँच गरेर प्रवेश गराइँदै


लक्ष्मण पौडेल
भैरहवा, असोज १७ गते । नेपाल–भारत सीमानाका बेलहिया नाका आइतबारबाट खल्ला भएको छ । कोरोना महामारीका कारण १८ महिनादेखि बन्द रहेको बेलहिया नाका आजदेखि खुलेको हो । २०७६ चैत १० गतेदेखि बन्द रहेको नाका खुलेपछि नाकामा गाडी आवतजावत गर्न पाएका छन् ।

असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले नाका खुलाउने निर्णय गरेपनि जिल्ला प्रशासनमा पत्र नआएकाले नाका ढिलोगरी खुला भएको बताइएको छ । पत्र आएलगत्तै नाका सुचारु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो ।

आइतबारदेखि भारतबाट आउने र नेपालबाट जाने गाडीहरु सहजरुपमा चलेका छन् । नाका खुला भएपनि नेपाल आउने यात्रु र पर्यटकलाई स्वास्थ्य मापदण्ड पालना गराएर मात्र आउन जान दिइएको छ । प्रमुख जिल्ला अधिकारी तिवारीले नेपाली यात्रुको हकमा सीमामै सामान्य स्वास्थ्य परीक्षण गरिने र कोभिडको शंका लागेमा सीमामै एन्टीजेन परीक्षण गरिने व्यवस्था भएको बताउनुभयो । एन्टिजेनमा पोजिटिभ देखिएकालाई पिसिआर परीक्षण गरेर नतीजाअनुसार व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।

भारतबाट नेपाल आउने यात्रु र पर्यटकले ७२ घण्टे पिसिआर रिपोर्ट देखाएपछि फाराम भरेर सहजै प्रवेश पाइरहेका छन् । सीमामा भारतीयलाई पूर्ण खोप अनिवार्य छैन । तर तेस्रो मुलुकका पर्यटकको हकमा ७२ घण्टे पिसिआर रिपोर्ट सहित कोभिड विरुद्धको पूर्णखोप लगाएको कागजात आवश्यक पर्ने प्रजिअ तिवारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?