logo
२०८१ बैशाख २३ आईतवार



यात्रुवाहक सवारी साधनलाई भारत प्रवेशमा अनुमति

खुला |
प्रदेश |


यात्रुवाहक सवारी साधनलाई भारत प्रवेशमा अनुमति


गोविन्द शर्मा
बाँके, असोज १७ गते । नेपालगञ्जको जमुनाह नाका भएर यात्रुबाहक सवारी साधनहरुको आवागमन खुला भएको छ । त्यसैगरी नेपाली यात्रुबाहक सवारी साधन पनि भारत प्रवेशमा अनुमति पाएका छन् । कोभिड–१९ सङक्रमण रोकथाम र नियन्त्रणका लागि बन्द गरिएको नेपालगञ्जको जमूनाह नाका डेढ वर्षपछि आइतबार खुला भएको छ ।

यसअघि मानिसहरुको पैदल आवागमन भइरहेको भए पनि यात्रुबाहक सवारी साधनलाई एक देशबाट अर्को देशमा जान रोक लगाइएकोमा आजबाट खुला गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोभिड सङ्क्रमणमा कमी आएपछि गृह मन्त्रालयको निर्देशनअनुसार जमुनाह नाकामा सवारी साधनको आवागमन खुला गरिएको जानकारी दिनुभयो । अबदेखि यात्रुबाहक नेपाली सवारी साधनहरु प्रक्रिया पु¥याएर सीमा पार जान सक्छन, प्रमुख जिल्ला अधिकारी गेलालले भन्नुभयो,– “भारतीय सवारीसाधन पनि प्रक्रिया पूरा गरी नेपाल आउन पाउँछन् ।

भारतीय सुरक्षा निकाय एसएसबीले यसअघि भारतीय नम्बर प्लेटका सवारीसाधन नेपाल प्रवेशमा रोक लगाएको थियो । एसएसबीलाई समेत सवारीसाधन निर्वाध सञ्चालनका लागि माथिल्लो निकायबाट पत्र आएपछि सीमा नाकामा सवारी साधनहरु सञ्चालनमा आएका हुन् ।

नेपालमा कोभिड सङ्क्रमणपछि चैतमा सीमानाका बन्द गरिएपछि पहिलो पटक नेपाली नम्बरप्लेटका मोटरसाईकल, अटोरिक्सा, लगायतका सवारीसाधन सीमा पारी रुपैडिया पुगेका छन् । सीमा नाकामा सवारीसाधन सञ्चालनका लागि आईतबार विहान नेपाल र भारतका सुरक्षा अधिकारीबीच छलफल भएको थियो ।

दैनिक किनमेलका लागि जाने नेपाली, ओसारपसार गर्ने अटोरिक्सा, र यात्रुबस तथा अन्य सवारी साधनलाई अब सहज हुनेभएको छ । यसैगरी भारतबाट नेपाल आउनेहरुलाई पनि सहज हुने विश्वास स्थानीयको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?