logo
२०८१ जेष्ठ ४ शुक्रवार



जनकपुर बमकाण्डका योजनाकार साहको कैद सजाय पाँच वर्ष घट्यो

खुला |
प्रदेश |


जनकपुर बमकाण्डका योजनाकार साहको कैद सजाय पाँच वर्ष घट्यो


धीरेन्द्रप्रसाद साह
जनकपुरधाम, असोज १८ गते । उच्च अदालत जनकपुरले ‘टक्ला’ भनिने सञ्जय साहलाई ज्यान मार्ने उद्योग गरेको आरोपमा पाँच वर्ष कैद सजाय घटाइएको छ । अदालतले जनकपुरको रामानन्द चोकमा बम विस्फोटमा संलग्न साहको १२ वर्ष कैद सजायमा पाँच वर्ष घटाएर सात वर्षमा झारेको हो ।

उच्च अदालतका न्यायाधीशहरु धीरबहादुर चन्द र रमेश ढकालको इजलासले ज्यान मार्ने कसुरको हकमा सजाय कम गरेको छ । उच्च अदालतले बम विस्फोट गराई व्यक्ति हत्या गरेको हकमा कसुरदार ठहर गरेको छ । अर्को सुनुवाइपछि कति समय कैद गर्ने विषयमा निर्णय हुने उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिनुभयो । अर्को पेशी आउँदो कात्तिक १५ गतेलाई तोकिएको उहाँले बताउनुभयो ।

रजिष्ट्रार अधिकारीकाअनुसार कर्तव्य ज्यानको मुद्दासंहितापछि अघि बढेकाले कसुरदार ठहरिएपछि सजाय निर्धारणको लागि मिति तोकिएको र मुलुकी संहिताभन्दा अघि नै ज्यान मार्ने मुद्दा प्रक्रिया अगाडि बढाइएको कारण एकैसाथ सजाय सुनाइएको छ । उच्च अदालतले ज्यान मार्ने उद्योगमा साहको सजाय घटाए पनि अरुको हकमा जिल्ला अदालतले गरेको सजाय सदर गरेको उहाँले बताउनुभयो ।

मिथिला राज्य संघर्ष समितिले संविधान निर्माणका क्रममा मिथिला राज्यका लागि दवाव दिन जनकपुरको रामानन्द चोकमा २०६९ साल बैशाख १८ गते धर्ना कार्यक्रम गरेको थियो । सोही धर्नामा भएको बम विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो । ३२ जना घाइते भएका थिए । उक्त विस्फोटमा परेर कलाकार रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासले ज्यान गुमाउनुभएको थियो ।

प्रहरीको अ सनुसंधान सञ्जय साह लगायतले योजना बनाएको खुलेपछि उनीविरुद्ध ज्यान मारेको र ज्यान मार्ने प्रयास गरेको आरोपमा एकैसाथ दुईवटा मुद्दा चलाइएको थियो । जिल्ला अदालत धनुषाले २०७५ साल चैत १४ गते साहसहितका आरोपितहरु घटनामा संलग्न रहेको ठहर गरी जन्मकैदको फैसला गरेको थियो ।

जिल्ला अदालतले जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेशकुमार कर्ण, रिपेन्द्र झा, रञ्जीत झा र सञ्जयकुमार साहलाई घटनामा संलग्न रहेको ठहर गरी १२ वर्ष कैद सजाय सुनाएको थियो तर उच्च अदालतले सञ्जय बाहेकको कैद सजाय सदर गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?