logo
२०८१ बैशाख २३ आईतवार



छोटा खर्कमा आगलागीमा २५ भेडासहित लत्ताकपडा, रासन र भाँडाकुँडा नष्ट

खुला |
समाज |


छोटा खर्कमा आगलागीमा २५ भेडासहित लत्ताकपडा, रासन र भाँडाकुँडा नष्ट


नेत्र शाही
खलंगा, असोज १९ गते । हिमा गाउँपालिकाको भेडागोठालाको खर्कमा आगलागी हुँदा दुई दर्जनभन्दा बढी भेडाका पाठासहित सामग्री सबै जलेर नष्ट भएका छन् ।
हिमा गाउँपालिका वडा नम्बर २ को लेकमा रहेको खर्कमा दिउँसो आगलागी हुँदा खर्कमा राखिएका २५ पाठा मरेका किसान वीरबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो खर्कमा कोही नभएको समयमा आगलागी हुँदा खर्क पूरै जलेर नष्ट हुनुका साथै भेडाका पाठा, २० भन्दा बढी राडी कम्बल, अन्य लगाउने र बिछ्याउने लत्ताकपडा र भाँडकुँडासमेत जलेर नष्ट भएका छन् ।
भेडापालक किसान दत्तबहादुर शाहीका ३, धनबहादुर रोकायाका तीनसहित १२ जना किसानका २५ पाठा जलेर मरेको जानकारी गरिएको छ । किसानहरुले क्षतिको विवरण बड्की प्रहरी चौकीलाई जानकारी गराएका शिक्षक खम्वा शाहीेले जानकारी दिनुभयो ।
करिब ४ हजार मिटर उचाइमा रहेको खर्क नै जलेर नष्ट भएपछि ओत लाग्ने स्थान नहुँदा आगो बालेर रात कटाएको किसानहरुले बताएका छन् ।
खर्क नष्ट भएपछि किसानहरु । तस्बिर नेत्र शाही जुम्ला ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?