logo
२०८१ जेष्ठ ६ आईतवार



कुलो बनेपछि एक सय हेक्टर जमिनमा पानी पुग्याे

खुला |
प्रदेश |


कुलो बनेपछि एक सय हेक्टर जमिनमा पानी पुग्याे



प्रेमराज सिम्खडा
कालीकोट, असोज १९ गते । पलाँता गाउँपालिका वडा नं ७ की वास्मती विष्टले ६५ दिन काम गर्नुभयो । उहाँले क्याप्स कर्णाली परियोजनाको कुलो निर्माणमा काम गरे वापत ८५ हजार रुपियाँ बुझेपछि निकै उत्साहित हुँदै घरमा उत्सव नै मनाउनुभयो । विष्टका लागि यो निकै सुनौलो अवसर थियो ।

गाउँका गरीबा लागि क्याप्स कर्णाली परियोजनाका कारणले एक करोड ४९ हजार रुपियाँ सहयोगमा बनेको सिँचाइ कुलाले गाउँका १८३ घरधुरी लाभान्वित हुनेछ ।

झण्डै छ किलोमिटर पक्की कुलोसँगै खेतीयोग्य जमिन भएको ठाउँमा सात वटा पोखरी निमार्ण भएका छन् । क्याप्स कर्णाली परियोजना संयोजक नरेन्द्र शाहीले सुख्खा समयमा कुलाको पानी भण्डारण गरेर सिँचाई गर्ने उद्देश्यका साथ सात वटा सिँचाइ पोखरी बनाएको बताउनुभयो ।
उहाँले त्यस क्षेत्रमा सहजताको लागि दुई वटा सुधारिएको घट्ट बनाएको बताउनुभयो ।

उपभोक्ता मार्फत निमार्ण गरिएको सिँचाइकुलो लगायतका संरचनाममा १३० जना कामदारले काम गरेका थिए ।
परियोजना सम्पन्न भएपछि सहजीकरणको जिम्मेवारी निकाय हुरुन्डेक कालीकोटले जिल्ला समन्वय समिति, वन डिभिजन, कृषि बिकास कार्यालयलगायतका क्षेत्रबाट अनुगमन समेत गरेको थियो ।
पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले क्याप्स कर्णाली परियोजनाले २०७७ साल कार्तिक २३ गते सम्झौता गरी समयसीमाभन्दा अघि नै काम सम्पन्न भएको बताउनुभयो ।
पलाँता गाउँपालिका वडा नं ७ पारौटीमा निर्माण भएको पक्की कुलो । तस्वीरः प्रेमराज सिम्खडा ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?