logo
२०८१ जेष्ठ ७ सोमवार



छतबाट खसेर एक वृद्धको मृत्यु

खुला |


छतबाट खसेर एक वृद्धको मृत्यु


 

गणेश खनाल

अर्घाखाँची, असाेज २० गते । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकामा घरको छतबाट खसेर एक वृद्धको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर–१, शान्तिबगैंचाका ९२ वर्षीय खिमानन्द पौडेलको बुधबार आफ्नै घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

छतबाट खसेका पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख अम्मरबहादुर थापाले जानकारी दिनुभयाे । घटनाबारे थप अनुसन्धान भैरहेको उहाँले बताउनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?