logo
२०८१ जेष्ठ ६ आईतवार



आधुनिक डिजिटल काँटाबाट तौलेर खाद्यान्न वितरण गर्दा सेवाग्राही खुशी

खुला |
प्रदेश |


आधुनिक डिजिटल काँटाबाट तौलेर खाद्यान्न वितरण गर्दा सेवाग्राही खुशी


राजन रावत
हुम्ला असोज २० गते । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको हुम्ला शाखाले पहिलो पटक डिजिटल काँटाबाट खाद्यान्न तौलेर सेवाग्राहीलाई बिक्री वितरण सुरु गरेको छ । शाखाको खाद्यान्न बिक्री वितरण कार्य भइरहेकोबेला शाखाले आफ्नो बिक्री वितरण प्रणालीमा सुधार ल्याउनेक्रम जारी राखेको हो ।

सिमकोट गाउँपालिका – ५ सेवाग्राही धनलाल कामीले हालसम्म शाखाको खाद्यान्न माना पाथीबाट भरेर खरिद गर्दै आएकोमा यसपालि नयाँ मेशिनबाट तौलेर लिन पाएको बताउनुभयो । अरुबेला खाद्यान्न पाए भइहाल्छ भन्ने मानसिकता हुने गरेकोमा उहाँले यसपालि आफ्नै अगाडि राखेको आधुनिक मेशिनले तिरेको रुपियाँ बराबरको खाद्यान्नको तौल देख्न पाएको बताउनुभयो । आधुनिक काँटाले खाद्यान्न तौलेर लिने पाउँदा सेवाग्राही ढुक्क हुने अवस्था छ ।

लिमिटेडको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले खरिद बिक्रीबारे स्पष्ट हुन र पारदर्शिता कायम गर्न नयाँ डिजिटल मेशिनको व्यवस्था गरी बिक्री वितरण सुरु गरिएको बताउनुभयो । शाखाबाट हालसम्म बिक्री वितरण हुने खाद्यान्न माना पाथी भर्ने वा बोरा नै उठाएर सर्वसाधारणले लिने गर्दै आउनुभएको थियो । उहाँले शाखामा हिसाबकिताब स्पष्ट राख्न र सेवाग्राहीलाई पनि आफ्नो नगद बराबरको खाद्यान्न लिएको प्रष्ट हुन यो व्यवस्था गरिएको बताउनुभयो ।

बोरा पनि तौल गरेर बिक्री गर्न थालिएको छ । उहाँले सेवाग्राहीले रसिद काटेको रकम बरावरको खाद्यान्न पुग अपुग स्पष्ट हुनका लागि पनि बोरा तौल गरेर दिन थालिएको बताउनुभयो । यस पटक मात्र शाखाले यसरी डिजिटल मेशिनबाट तौलेर दशैं तिहारको छुटमा दुई हजार तीनसय क्विन्टन खाद्यान्न एक करोड चालीस लाख तीस हजार रुपियाँमा बिक्री गर्ने लक्ष्य राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?