logo
२०८१ जेष्ठ ४ शुक्रवार



बाँकेका सबै पत्रकारको दुर्घटना बीमा

खुला |
प्रदेश |


बाँकेका सबै पत्रकारको दुर्घटना बीमा


गोविन्द शर्मा
बाँके, असोज २२ गते । नेपाल पत्रकार महासङ्घ बाँके शाखाले जिल्लामा क्रियाशील सबै पत्रकारको दुर्घटना विमा गरेको छ । शुक्रबार नेपालगञ्जमा आयोजित कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको उपस्थितीमा सगरमाथा इन्स्योरेन्स नेपालगञ्जका प्रमुख गोविन्द उपाध्यायले महासङ्घ बाँकेका अध्यक्ष दामोेदर भण्डारीलाई विमा पोलिसी हस्तान्तरण गर्दै दुर्घटना विमा कार्यान्वयन भएको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ बाँके शाखामा आवद्ध ३२३ जना पत्रकारसहित जम्मा ३५३ जना पत्रकारको दुईलाख रुपियाँको दुर्घटना विमा गरिएको हो । पत्रकार रिपोटिङको सिलसिलामा जोखिमपूर्ण काममा खटिने भएकाले विमा गरिएको महासङ्घका अध्यक्ष भण्डारीले बताउनुभयो ।

महासङ्घका केन्द्रीय अध्यक्ष पोखरेलले पत्रकारको दुर्घटना विमा कार्यान्वयन गरेर बाँके शाखाले महत्वपूर्ण कामको सुरुवात गरेको बताउनुभयो । दुर्घटना विमा महासङ्घबाट पनि हुँदैआएको छ, अध्यक्ष पोखरेलले भन्नुभयो,– “महासङ्घका जिल्ला शाखाले गरेको यो कार्यक्रम आफैमा सकारात्मक छ ।”

यसैबीच नेपाल पत्रकार महासङ्घ बाँके शाखाले कोभिड– १९ रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्ला कोभिड व्यवस्थापन केन्द्रका सम्पर्क ब्यक्ति तेज वली, स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठ, भेषराज शर्मा, दिपक शर्मा, जिल्ला आपतकालिन केन्द्रका रुपन ज्ञवाली, वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक डिल्ली खडका र डा. सुबास योगीलाई सम्मान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?