logo
२०८१ जेष्ठ ६ आईतवार



कर्णाली करिडोरको सडक सुचारु गर्न फेरी सञ्चालनमा आउने

खुला |
प्रदेश |


कर्णाली करिडोरको सडक सुचारु गर्न फेरी सञ्चालनमा आउने


राजन रावत
हुम्ला, असोज २२ गते । सलीसल्लाको कर्णाली नदीमा फेरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । कर्णाली नदी वारीपारी सडक निर्माण कार्य पूरा भइसकेकाले नदीमा यातायात सञ्चालन गर्न फेरी चलाउन लागिएको हो ।

हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले सर्केगार्ड गाउँपालिकाको दुल्ली कुनासम्म यातायात सुचारु गर्न फेरी सञ्चालनमा ल्याउन लागिएको बताउनुभयो । कर्णाली करिडोर अन्तर्गत कालिकोटको खुलालु लैफुहुँदै सलीसल्लाको सडक निर्माण गरेर हस्तान्तरण गरेको नेपाली सेनाले जितेगडामा रहेको फेरी गत असार ३१ गते आयोजनालाई हस्तान्तरण गरेको थियो ।

नदीमा पानीको बहाब घटेका कारण फेरी सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । जितेगडामै रहेको फेरी सलीसल्लामा ल्याएर जडान तथा सञ्चालनका लागि टेण्डर आव्हान हुन लागेको लामाले जानकारी दिनुभयो । बीस टल वजन बोक्ने क्षमता भएको फेरी सलीसल्लाको कर्णाली नदीमा सञ्चालन गर्न लागिएको छ ।

टेण्डर आव्हान गरी निर्माण कम्पनी छनौट भएर काम गर्न आगामी मंसीर महिनासम्म लाग्ने आयोजनाले जनाएको छ । फेरी सञ्चालनमा आएमा आयोजनाले आफै फेरी सञ्चालन गर्न नसक्ने भएकाकारण दुई वटा चंखेली र खार्पुनाथ गाउँपालिकाको समन्वयमा जिम्मा लगाउने तयारी गरेको छ । गाउँपालिकासँग समन्वय भइसकेको आयोजनाले जनाएको छ ।

सो क्षेत्रको कवाडीदेखि सलीसल्लासम्म सडक निर्माण गरेर सेनाले आयोजनालाई हस्तान्तरण गरिसकेको छ भने आयोजनाले सलीसल्लाबाट सर्केगार्ड गाउँपालिकाको दुल्ली कुनासम्म सडक निर्माणकार्य सम्पन्न गरेको छ । फेरी सञ्चालन भएमा चंखेली र सर्केगार्ड गाउँपालिकाको केन्द्रसम्म यातायता सुचारु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?