logo
२०८१ चैत्र २८ शुक्रवार



ओखलढुंगासहित तीन जिल्लामा नयाँ नोटको अभाव

खुला |
प्रदेश |


ओखलढुंगासहित तीन जिल्लामा नयाँ नोटको अभाव



मनोज भट्टराई
ओखलढुंगा, असोज २२ गते । माथिल्लो सगरमाथाका तीन जिल्लासहित भोजपुरमा नयाँ नोट आएका छैनन् । सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र भोजपुरमा नयाँ नोट नआएपछि सर्वसाधारण समस्यामा परेका छन् ।

नेपाल राष्ट्र बैंकले असोज ४ गतेबाट नै देशभरका बैंक शाखाबाट लिन सक्ने व्यवस्था गरे पनि चार जिल्लामा भने नयाँ नोट नआएको सम्बन्धित जिल्लाका बैंकहरुले जनाएका छन् । नयाँ नोटका लागी बैंकमा ग्राहकहरुको भिड लाग्ने भए पनि नहुँदा समस्या भएको राष्ट्रिय वाणिज्य बैंक ओखलढुंगा शाखाका प्रबन्धक सुवास निरौलाले जानकारी दिनुभयो ।

बैकमा पर्याप्त पैसा मौज्दात रहेको र बिमाको दायित्व पनि बढाउनु पर्ने भएका कारण राष्ट्र बैंकले नयाँ नोट नपाठाएको उहाँको भनाइ छ । उहाँले नयाँ नोट नहुँदा भने सर्वसाधरणलाई समस्या परेको बताउनु भयो । दैनिक कारोबारका लागि पर्याप्त नोट भएपनि खुद्रा सटहीका लागि भने नभएको प्रबन्धक निरौलाको भनाइ छ ।

नयाँ नोट नआउँदा र पुरानो खुद्रा रकम समेत प्रर्याप्त नहुँदा समस्या भएको राष्ट्रिय वाणिज्य बैंक सल्लेरी सोलुखुम्काबुका प्रबन्धक चित्र खड्काले बताउनुभयो । बैंकमा स्टक रकम भएकाले राष्ट्र बैंकले नयाँ नोट नपठाउँदा ग्राहकहरुलाई रित्तो हात फर्काउनु परेको उहाँको भनाइ छ ।

यस्तै खोटाङ र भोजपुरमा पनि नयाँ नोट नआउदा समस्या भएको बताइएको छ । नयाँ नोट लिनका लागि बैंक पुगेकाहरुलाई पुरानो नोट दिएर पठाउने गरेको राष्ट्रिय वाणिज्य बैंक खोटाङका शाखा प्रबन्धक काजी बस्नेतले जानकारी दिनुभयो ।

माथिल्लो सगरमाथाका तीन जिल्ला र भोजपुरमा नयाँ नोट नगएको विषयमा आफू जानकार नभएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देबकुमार ढकालले बताउनुभयो । विराटनगरमा रहेको राष्ट्रिय वाणिज्य बैंकसँग तत्काल जानकारी लिएर नोट पठाउने व्यवस्था गरिने उहाँको भनाइ छ । तर यी चार जील्लामा रहेका बैकहरुलाई प्रदेश कार्यालय नभएर केन्द्रबाट नै हेरिने गरेको छ ।

ओखलढुंगामा दशैका लागि नयाँ नोट नआए पछि खुद्रा नोटको अभाव अभाव हुने देखिएको छ । जिल्लामा खुद्रा नोट सटहीका लागि आउने अधिकांस सेवाग्राही त्यसै फर्किने गरेका बैकहरुले जनाएका छन् । राष्ट्रिय वाणिज्य बैंकले अन्य बैंकलाई खुद्रा सटहीका लागि दिने व्यवस्था रहे पनि निजी बैंकले पनि सर्वसाधारणलाई पुराना नोट प्रदान गर्दै आएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?