logo
२०८१ चैत्र २८ शुक्रवार



कोदो खेतीमा रोग लागेपछि उत्पादन घटदै, बीउ जोगाउन कृषकलाई मुस्किल

खुला |
प्रदेश |


कोदो खेतीमा रोग लागेपछि उत्पादन घटदै, बीउ जोगाउन कृषकलाई मुस्किल


मनोज भट्टराई
ओखलढुंगा, असोज २४ गते । पछिल्लो समय जिल्लाका अधिकांश क्षेत्रमा कोदो खेतीमा रोगको प्रकोप देखिएपछि उत्पादनमा कमी हुँदैआएको छ । कोदोमा रोगको प्रकोप बढ्दै गएकाकारण जिल्लामा कोदोको उत्पादनमा कमी हुँदैगएको कृषकको भनाई छ ।

रोगका कारण हरेक वर्ष किसानलाई कोदोको बीउ जोगाउन मुस्किल हुनेगरेको स्थानीयको गुनासो छ । धान खेती नहुने र माथल्लिो भेगका किसानको मुख्य खाद्य बालीका रूपमा रहेको कोदोमा रोगको प्रकोप देखिएपछि कृषक निराश भएका छन् । पहिला आफ्नो बारीमा १५ देखी २० मुरी कोदो फल्ने ठाउँमा अहिले २ मुरी पनि फल्दैन सिद्धिचरण नगरपालिका ९ की बिष्ण्ुमाया खड्काले गुनासो गर्नुभयो । यो वर्ष पनि १० रोपनीभन्दा बढी बारीमा लागाएको कोदोले फल्ने सुर नल्याएको उहाँको भनाई छ ।

यस्तै, लिखु गाउँपालकिा– ६ का ईन्द्रबहादुर खत्रीले हरेक वर्ष १० मुरी कोदो भित्र्याउने गरेको भएपनि पछिल्लो समय कोदोको उत्पादन हरेक वर्ष घटदैगएको बताउनुभयो । कोदो फल्न छाडेपछि परिवार कसरी चलाउने चिन्ताले सताउने गरेको उहाँले बताउनुभयो ।

अधिकांश किसानले लगाएको कोदो खेतीमा एउटै समस्या देखिएको कृषिज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ । जिल्लाको धेरै क्षेत्रमा कोदोको उत्पादनमा ह्रास हुँदैगएको कार्यालयको तथ्याङक छ । अधिकांश स्थानका किसानलाई अर्को बाली लगाउन सुझाव दिएको भएपनि कोदोको विकल्प नभएको स्थानहरुमा समस्या हुदै आएको कार्यालयले जनाएको छ । केही वर्षदेखि कोदो खेतीमा डढुवा र गभारो रोगको समस्या देखिएको र उत्पादन कमी हुदैआएको कार्यालयका बागवानी विकास अधिकृत टीका बानियाले बताउनुभयो ।

हरेक वर्ष ८० प्रतिशत कोदोमा रोग देखिने गरेको कारण उत्पादन कम हुँदैगएको किसानको गुनासो छ । कोदोमा लिपिस्पोट (खैरे थोप्ले रोग) का कारण ‘पातमा साना मसिना थोप्ला देखा पर्ने, बढ्दै गए डाँठसम्म पुग्ने, बोट रोगाए पछि दाना लाग्ने गाँज हाल्न नपाउने भएका कारण उत्पादन हुन छाडेको बताउँदै बानियाँले भन्नुभयो, “हरेक वर्ष समस्या बढेदै गएको देखिएको छ, कोदोमा ढुसी, खैरे थोप्ले रोगसँगै गभारो कीराका कारण पनि उत्पादनमा कमी हुन थालेको छ ।”

जिल्लाभर ७ हजार ७५१ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदैआएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष १२ हजार १ सय ६९ दशमलव १ मेट्रिक टन कोदो उत्पादन भएकोे केन्द्रको तथ्याङ्कमा छ । रोगको प्रकोपले गत वर्षको तुलनामा यस वर्ष निकै कम कोदो फल्ने अनुमान रहेको बानियाँको भनाई छ  ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?