logo
२०८१ चैत्र २८ शुक्रवार



कर्णाली नदीमा डुङ्गा पल्टिदा महिला बेपत्ता

खुला |
प्रदेश |


कर्णाली नदीमा डुङ्गा पल्टिदा महिला बेपत्ता


चाँदनी आचार्य
लम्की (कैलाली), असोज २४ गते । कर्णाली नदीमा आईतबार डुङ्गा पल्टिदा एक महिला बेपत्ता हुनुभएको छ । सुर्खेतको कुमालगाउँबाट कैलालीको मोहन्याल गाउँपालिका राजीरिक्चातर्फ घरपोत्ने माटो लिन जाँदैगरेका ६ जना महिला सवार डुङ्गा दुर्घटनामा परेपछि महिला बेपत्ता हुनुभएको हो ।
पाँच जना पौडेर निस्कन सफल भएपनि एक जना महिला बेपत्ता भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरिक्षक पुस्कर पन्तले सुर्खेतको चौकुने गाउँपालिका १० कुमाल गाउँका अन्दाजी १८ बर्षिया अनिता विक बेपत्ता भऐको बताउनुभयो । उहाँको खोजीकार्य जारीरहेको प्रहरीले बताएको छ ।

सुर्खेत र कैलालीको सिमामा रहेको कर्णाली नदीमा यहाँका वासिन्दाले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पुलको व्यवस्था नहुँदा सुर्खेतको चौकुने गाउँपालिका र कैलालीको मोहन्याल गाउँपालिकाका स्थानीय जोखिमपूर्ण डुङ्गाको माध्यमबाट कर्णाली नदी वारपार गर्न वाध्यभएको स्थानीयको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?