logo
२०८१ जेष्ठ ८ मंगलवार



मोतिपुर औद्योगिक क्षेत्रमा गोली चल्दा पाँचजना घाईते

खुला |
प्रदेश |


मोतिपुर औद्योगिक क्षेत्रमा गोली चल्दा पाँचजना घाईते
फोटो सौजन्यः विकास पराजुली


छवि पाण्डे
बुटवल, असोज २४ गते । बुटवलको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्ने समूहलाई हटाउन खोज्दा झडप भएपछि प्रहरीले गोली चलाएको छ ।

गोली प्रहार हुँदा कम्तीमा पाँचजना घाईते भएका छन । मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण हुन थालेपछि रुपन्देही प्रशासनले जग्गा खाली गराउन केही दिनदेखि प्रयास गर्दै आएको थियो । आईतवार दिउँसो अतिक्रमणकारीलाई हटाउन खोज्दा प्रहरी र अतिक्रमणकारीवीच झडप भएको थियो । झडप भएपछि प्रहरीले गोली चलाएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले दुई पक्षबीच झडप भएपछि साम्य पार्न प्रहरीले गोली चलाएको बताउनुभयो । उहाँले प्रहरीमाथि ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको बताउनु भयो ।

केही समयदेखि मोतिपुर औद्योगिक क्षेत्रको जग्गा पाईने आशामा विभिन्न जिल्लाका मानिस आएर बसिरहेका छन् । घाइतेहरूको बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?