logo
२०८१ जेष्ठ ५ शनिवार



पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई छ लाख रूपियाँ राहत प्रदान

खुला |
प्रदेश |
समाज |


पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई छ लाख रूपियाँ राहत प्रदान
पीडित परिवारलाई राहत प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी पौडेल र वडा अध्यक्ष भलामी तस्बिरः तिलाचन पाण्डे



तिलाचन पाण्डे
तम्घास, असोज २५ गते । असोज ५ गते राति पहिरोमा पुरिएर मृत्यु भएका एकै घरका तीन दिदी बहिनीको परिवारलाई राहत प्रदान गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले रेसुंगा नगरपालिका वडा नम्वर ८ का तिलक परियारलाई चार लाख राहतस्वरुप प्रदान गर्नुभएको छ । राहत प्रदान गर्दै पौडेलले दुःखमा राज्य सँगै रहेको बताउनुभयो ।
यता रेसुंगा नगरपालिका वडा नम्वर ८ का वडाअध्यक्ष भरत भलामीले पीडित परिवारलाई दुई लाख २८ हजार ५२८ रुपियाँको चेक प्रदान गर्नुभएको छ ।
गुल्मी सेवा समाज जापानमा ७२ जनाले सङ्कलन गरेर पठाएको सो रकमको चेक पीडित परिवारलाई भलामीले प्रदान गर्नुभएको हो ।
भलामीले पीडित परिवारको घरलाई पुनः निर्माण गर्ने काम भइरहेको जानकारी दिनुभयो ।
गत असोज ५ गते राति घर माथिबाट आएको पहिरोले पुरिएर तिलक परियारका २१ वर्षीया भावना परियार , १४ वर्षीया गङ्गा जमुनाको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?