logo
२०८१ जेष्ठ ६ आईतवार



भालुको आक्रमणबाट घाइते सहकारीको थप उपचार सुर्खेतमा

खुला |
प्रदेश |


भालुको आक्रमणबाट घाइते सहकारीको थप उपचार सुर्खेतमा


प्रेमराज सिम्खडा
कालीकोट, असोज २५ गते । कालीकोटको नरहरीनाथ गाउँपालिका ४ का अदेलाका २५ वर्षीय लालवहादुर सहकारीलाई आज बिहान भालुले आक्रमण गरी घाइते बनाएको छ । घरवाट खर्क जान लाग्नुभएका सहकारीलाई भेरेखोलामा बिहान ६ वजेतिर उहाँ भालुको आक्रमणमा पर्नुभएको हो ।

घटनालगतै प्राथमिक स्वास्थ्य केन्द्र कुमाल गाउँमा ल्याए पनि उपचार हुन नसकेपछि हेलिकोप्टरबाट थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ । भालुको आक्रमणवाट सहकारीको अनुहारमा गम्भीर चोट लागेको छ । अनुहार सबै चिथरेका कारणले यहाँ उपचार सम्भवन नभएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

डाक्टर जितेन्द्र महत्तोले अनुहारको कुनै पनि भाग नभएकाले पुरै अन्तको मासु ल्याएर हाल्नु पर्ने अवस्था रहेको र तत्काल उपचारका लागि सुर्खेतको प्रदेश अस्पतालमा पठाएको वताउनुभयो । नरहरीनाथ गाउँपालिकाको लेकाली भेगमा ठूलो जङगल छ । भैसि, भेडा वाख्राका लागि पनि यहाँका नागरिक लेकाली क्षेत्रमा वस्ने भएकाले भालु लगायत जङगली जनावरको जोखिम बढीरहेको स्थानीयको भनाई छ ।

केही वर्ष भालुको आक्रमण रोकिए पनि फेरि भालु जङगलमा फैलिएको स्थानीय मानवहादुर वोगटीले वताउनुभयो । पहिला त धेरैको ज्यान पनि लियो । बीचमा हरायो । फेरी पछिल्लो समय भालुको आक्रमण वढ्न थालेको छ उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?