logo
२०८१ चैत्र २८ शुक्रवार



बैंक लुटन आएका लुटेराले गोली चलाउँदा एक घाइते, तीनजना पक्राउ

खुला |
प्रदेश |


बैंक लुटन आएका  लुटेराले गोली चलाउँदा एक घाइते, तीनजना पक्राउ


सचिन पोख्रेल
इटहरी, असाेज २५ गते । मोरङ जिल्लाको धनपालथान गाँउपालिकास्थित कर्सिया बजारमा सिटिजन बैंकको शाखा कार्यालय लुट्न आएको समूहले गरेको गोली प्रहारबाटम एकजना घाइते भएका छन् । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीनजनालाइ पक्राउ गरेको छ ।
सोमबार दिउँसो सिटिजन्स बैंकको शाखा कार्यालयमा गोली चलेको हो । घाइते व्यक्ति बैंकको गार्ड भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बैंक लुट्न आएको समूहले गोली चलाएको स्थानीयबासीले बताएका छन् । मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बैंक लुट्ने प्रयासको क्रममा लुटेरा समुहले गोली चलाएको र त्यसमा संलग्न तीन जनालाई पक्राउ गरेको बताउनुभयो । घटनाको सन्दर्भमा प्रहरीले थप अनुसन्धान प्रारम्भ गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?