logo
२०८१ मंसिर ८ शनिवार



चितुवाको आक्रमणबाट ज्यान गुमाएको परिवारलाई राहत प्रदान

खुला |
प्रदेश |


चितुवाको आक्रमणबाट ज्यान गुमाएको परिवारलाई राहत प्रदान


अमरराज नहर्की
तनहुँ, असोज २७ गते । चितुवाको आक्रमणबाट सोमबार साँझ ज्यान गुमाउने तनहुँको बन्दीपुर गाउँपालिका– ५ बाहुन भञ्ज्याङकी बालिका स्मृति थापा मगरको परिवारलाई राहत रकम प्रदान गरिएको छ ।

डिभिजन वन कार्यालय तनहुँ र बन्दीपुर गाउँपालिकाद्वारा ५०—५० हजार रुपियाँ गरी एक लाख रुपियाँ राहत रकम प्रदान गरिएका हो । बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा, डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत चुडामणी बराल, सो वडाका वडाध्यक्ष धुव्रप्रसाद लामिछानेले मृतक बालिकाको बुबा प्रकाश थापालाई सो रकम हस्तान्तरण गर्नुभयो ।

सहायक वन अधिकृत बरालले अझै पनि यस क्षेत्रमा चितुवाको त्रास कायमै रहेकाले अभिभावकले विशेष ख्याल गर्नुपर्नेमा जोड दिँदै साँझको बेलामा बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गर्नुभयो ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिसको मृत्यु भएमा अधिकतम दश लाख रुपियाँसम्म उपलब्ध गराउने नीतिबमोजिम पीडित परिवारलाई तत्काल ५० हजार रुपियाँ प्रदान गरिएको छ । पछि नौ लाख ५० हजार राहत रकम प्रदान गरिने डिभिजन वन कार्यलय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।

साँझपख छिमेकीको घरमा जानेक्रममा बालिकालाई सोमबार साँझ चितुवाले आक्रमण गरेर मारेको डिभिजन वन कार्यालयले जनाएको छ । बालिकालाई चितुवाले आक्रमण गरेपछि हारगुहार गर्दै कराउँदै जाँदा चितुवा भागेको र बालिकाको घर नजिकै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?