logo
२०८१ चैत्र २८ शुक्रवार



तीनवटा वडा भवन एकैसाथ बन्दै

खुला |
प्रदेश |


तीनवटा वडा भवन एकैसाथ बन्दै
सिरिजङ्घा गाउँपालिका–४ तेल्लोकको वडा कार्यालय भवनको शिलान्यास गरिँदै



चन्द्र पन्दाक
ताप्लेजुङ, असोज २९ गते । सिरिजङ्घा गाउँपालिकामा तीनवटा वडाको कार्यालय भवन एकैसाथ बन्ने भएको छ । सिरिजङ्घा गाउँपालिका–१ सिनाम, वडा नं. ४ तेल्लोक र वडा नं. ८ याम्फुदिनको वडा कार्यालय भवन एकैसाथ बन्ने भएको हो ।
छुट्टाछुट्टै तीनवटा वडाको कार्यालय भवन एकैसाथ बन्ने भएसँगै वडा नं. ४ तेल्लोकमा दशैँको घटस्थापनाको साइत पारेर गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले हालै वडा भवनको शिलान्यास गर्नुभयाे । पालिका अध्यक्ष गुरुङबाट कार्यालय भवनको शिलान्याससँगै निर्माणको प्रक्रिया अघि बढेको वडाध्यक्ष रुपदास भट्टराईले बताउनुभयो ।
उक्त वडा कार्यालय भवनहरु आगामी चैतभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनी धुलिखेल,आले जेभीसँग ठेक्का सम्झौता भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार वडा भवनहरु निर्माणका लागि भ्याटबाहेक एक करोड ७४ लाख १४ हजार रुपियाँ बजेटमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ । बाँकी वडाको कार्यालय भवनहरु क्रमशः निर्माण गर्दै जाने तयारी रहेको गाउँपालिकाले जनाएको छ ।


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?