logo
२०८१ चैत्र २८ शुक्रवार



ताप्लेजुङमा सर्पको डसाइले युवकको मृत्यु

खुला |
प्रदेश |


ताप्लेजुङमा सर्पको डसाइले युवकको मृत्यु



चन्द्र पन्दाक
ताप्लेजुङ, असोज ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा विषालु सर्पको डसाइ (टोकेर) बाट एक युवकको मृत्यु भएको छ । सर्पको डसाइबाट फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय विष्णुबहादुर घतानीको शनिबार विहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राकेश यादवका अनुसार जिल्ला अस्पतालमा उपचारको क्रममा घतानीको मृत्यु भएको हो । दशैँको टीकाको दिन शुक्रबार राति ८ बजेतिर घतानीलाई सर्पले डसेको थियो ।
अचानक हातमा सर्पले डसेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराउनुभएको थियो । झारफुक र घरेलु औषधि गरे पनि सर्पको विषले जटिल बनाउँदै लगेपछि शनिबार बिहान २ बजेतिर उहाँका आफन्तले घतानीलाई जिल्ला अस्पतालमा लगेर भर्ना गराएको थिए । अस्पताल भर्ना गरेको केही समयमै उहाँको मृत्यु भएको बताइएको छ ।
यता उपचारको क्रममा मृत्यु भएका घतानीको शव आफन्तले बुझेका पनि प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?