अमरराज नहर्की
तनहुँ, असोज ३१ गते । नेकपा एकीकृत समाजवादी तनहुँको ईञ्चार्जमा चित्र थापा चयन हुनुभएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले थापालाई जिम्मेवारी दिएको हो ।
थापा सो पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । तनहुँ इञ्चार्ज थापालाई आदिवासी जनजाति महासंघ ईञ्चार्ज पनि पार्टीले तोकेको छ । सह इन्चार्जमा केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठ र प्रतिनिधि सभा सदस्य कलिला खानलाई चयन गरेको छ ।
यसैगरी बैठकले केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठलाई गण्डकी प्रदेश कमिटीको सचिव तोकेको छ । यसैगरी, अर्की केन्द्रीय सदस्य रेखा थापा बस्याललाई गण्डकी उपसचिवमा चयन गरेको छ । श्रेष्ठ र थापा दुवै जना तनहुँ निवासी हुनुहुन्छ ।