logo
२०८२ भाद्र २३ सोमवार



धनुषामा २८ वर्षीय पुरुषको शव भेटियो, प्रारम्भिक प्रतिवेदन आउन बाँकी

खुला |
प्रदेश |


धनुषामा २८ वर्षीय पुरुषको शव भेटियो, प्रारम्भिक प्रतिवेदन आउन बाँकी



लक्ष्मी चौधरी
जनकपुरधाम, असोज ३१ गते । नगराईन नगरपालिकामा घाँटी काटेर हत्या गरेको अवस्थामा एक व्यक्तिको शव भेटिएको छ । प्रदेश नं. २ को धनुषा जिल्लास्थित पालिकाको वडा नम्बर ७ को भित्री सडकखण्डको गाँगुली देवदिहा जाने बाटोको छेउमा आइतबार विहान २८ वर्षीय सन्जिव पण्डितको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ भने मृतक पण्डितको शनिबार राति हत्या भएको हुनसक्ने प्रहरीको अनुमान समेत रहेको छ ।

धनुषा प्रहरीका अनुसार मृतक पण्डि सिरहा जिल्लास्थित मिर्चैया नगरपालिका वडा नम्बर ८ का बासिन्दा रहेको खुलेको छ । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको र प्रारम्भिक प्रतिवेदन आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?