logo
२०८१ मंसिर १२ बुधवार



कर्णाली नदीमा बाढीले खतराको तह नाघ्यो, तटीय क्षेत्रमा जोखिम

खुला |
प्रदेश |


कर्णाली नदीमा बाढीले खतराको तह नाघ्यो, तटीय क्षेत्रमा जोखिम
तस्बीर सौजन्य : पाली बुढा


एकिन्द्र तिमिल्सेना
टीकापुर (कैलाली ) कात्तिक २ गते । बेमौसमी वर्षाका कारण कर्णाली नदीमा मंगलबार बिहान ९ः०० बजे खतराको तह नाघेको छ । कर्णाली चिसापानीका गेज रिडर पार्वती गुरुङका अनुसार मंगलबार विहान ९ बजे नदीको बाढी ११ मिटर २० सेन्टिमिटर पुगेको छ । कर्णाली नदीको सतह ११ मिटर पार गर्नुलाई खतराको तह मानिन्छ । यस वर्ष वर्षामा पनि कर्णालीको सतह ९ मिटर ८० सेन्टिमिटर मात्रै पुगेको थियो ।
कर्णालीमा बाढी बढ्दा दक्षिणका तटीय क्षेत्रहरु टीकापुर नगरपालिका र जानकी गाउँपालिका भूभागमा जोखिम बढने गरेको छ । टीकापुर नगरपालिका वडा नं ५ शाहीपुरका बडघर चन्द्र रोकामगरले कर्णाली नदीले शाहीपुरमा निर्माणाधीन तटबन्धमा कटान शुरु गरेको जानकारी दिनुभयो
जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरिया कैलालीमा पछिल्लो २४ घण्टामा १४० मिलिमिटर वर्षा मापन गरेको मौसम विज्ञान सहायक सिंगल चौधरीले जानकारी दिनुभयो । कैलालीमा असोज १९ गतेसम्म पानी परिरहेको थियो भने १० दिनपछि असोज ३१ गते फेरि पानी पर्न थालेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद मञ्जु बास्की सुदूरपश्चिम प्रदेशमा कात्तिक ३ गते बुधबारसम्म वर्षा जारी रहने पूर्वानुमान रहेको बताउनुहुन्छ । बंगालको खाडीबाट न्यूनचापीय प्रणाली उत्तरतिर सर्दै गरेको र पश्चिमी वायू प्रणालीको सयुक्त प्रभावका कारण नेपालमा मौसम प्रभावित भएको उहाँको भनाई छ ।

 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?