logo
२०८२ भाद्र २१ शनिवार



सुदूरपश्चिममा बाढी पहिराेबाट मृत्यु हुनेको संख्या २१ पुग्यो

खुला |
प्रदेश |


सुदूरपश्चिममा बाढी पहिराेबाट मृत्यु हुनेको संख्या २१ पुग्यो
फाइल तस्विर


प्रकाशविक्रम शाह–शैलेन्द्र रोकाया–गोकर्ण दयाल
धनगढी, कात्तिक ३ गते । सुदूरपश्चिममा बाढी पहिरोबाट मर्नेको संख्या २१ पुगेको छ । बुधबार थप पाँच जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या २१ पुगेको हो ।

मृत्यु हुनेमा डोटीका नौ, बैतडीका पाँच, बझाङका चार, डडेल्धुराका दुई र कैलाली एक जना रहेका छन् । पछिल्लो विवरणअनुसार वझाङको खप्तड छान्ना गाउँपालिका– ४ र ५ वडामा दुई जोडी दम्पतिको मृत्यु भएको छ । मृत्यु हुनेमा वडानम्बर ४ ढाँटखोला गाउँका ४७ वर्षीय धर्मराज रोकाया र उहाँकी ४५ वर्षीया श्रीमती जयसरा रोकाया छन् ।

यस्तै वडा नम्बर ५ कालुखेतीका विचारी गिरी र उहाँकी श्रीमतिको पहिरोमा परेर ज्यान गएको छ । सोहीअनुसार बैतडीको सुर्नया गाउँपालिका– ५ रामकी बरायलमा बुधवार विहान ९ बजे घर भत्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७१ वर्षीया परुदेवी महरा रहनुभएको छ । घर भत्किदा घाइते हुनेमा ५५ वर्षीया सरस्वति बिष्ट र उहाँकी बुहारी ३० वर्र्षीया माया बिष्ट रहेको प्रहरीले जानकारी दिएको छ ।

लगातारको अविरल वर्षाका कारण बुधवार बिहान ९ बजे घर भत्किएको प्रहरीले बताएको छ । घटनास्थलमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख रमेश पालले बताउनुभयो । सुदूरपश्चिममा यसअघि बुधबार दिउँसोसम्म १६ जनाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । २१ जनामध्ये २० जना पहिरोका कारण र कैलालीको टीकापुरका करवीर ढोलीको बाढीमा डुवेर मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?