logo
२०८२ भाद्र २१ शनिवार



ताप्लेजुङका अधिकांस ग्रामीण सडक अवरुद्ध

खुला |
प्रदेश |


ताप्लेजुङका अधिकांस ग्रामीण सडक अवरुद्ध
फाइल तस्बिर



चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक ४ गते । गत आइतबारदेखिको निरन्तर परेको वर्षाका कारण ताप्लेजुङमा अधिकांस ग्रामीण सडकमा क्षति पुगेको छ । प्रायः ग्रामीण सडकहरु कच्ची भएका कारण निरन्तरको वर्षाले क्षति पु¥याएको हो ।
आइतबारदेखि बुधबार साँझसम्म नै अविरल परेको वर्षाले ग्रामीण सडक ठाउँ–ठाउँमा भत्किनुका साथै माथिबाट ढिस्को (पहिरो) झरेर अधिकांस सडकहरु क्षतिग्रस्त भएको स्थानीयले बताएका छन् । पहिरोको क्षतिसँगै सडक हिलाम्मे भएपछि जिल्लाभित्र सञ्चालनमा रहेका धेरै सडक अवरुद्ध भई यातायात सेवा ठप्प बनेका छन् ।
सदरमुकाम फुङ्लिङदेखि जिल्लाका नौवटै स्थानीय तहका अधिकांस वडासम्म पछिल्लो समय सडक पहुँच विस्तारसँगै यातायात सेवा सञ्चालनमा रहेका छन् । केही सडक पहिले देखिनै सञ्चालित रहेपनि अधिकांस सडक पछिल्लो तीन वर्षयता मात्र सञ्चालनमा आएका कारण नयाँ ट्रयाक (मार्ग) सामान्य वर्षा हुँदा पनि चाँडै बिग्रने गरेको छ । यसपटक भने चार दिनभन्दा बढी निरन्तर वर्षा भएकाले नयाँ सडकहरु अधिकांस अवरुद्ध बनेका बताइएको छ ।
यता वर्षाका कारण बाढी र पहिरोले ग्रामीण सडक क्षतिग्रस्त भएर यातायात सेवा अवरुद्ध हुँदा दशैँ मनाएर आफ्नो कर्मथलो फर्कनेहरु गाउँघरमै रोकिएका छन् । त्यस्तै यातायातका साधन नचलेपछि निश्चित समयभित्र गन्तव्यमा पुग्ने यात्रुहरु गाउँघर तथा पहिले रहेकै ठाउँमा बस्न बाध्य बनेका छन् ।
यातायात व्यवसायीका अनुसार वर्षाले क्षति पु¥याएको केही सडकहरुमा भने पहिरो र हिलो पन्छाउँदै सवारी साधन सञ्चालनमा ल्याइएको छ । वर्षाले खोलेको सडकको खाल्डाखुल्डी पुर्दै र ढिस्को तथा साना–साना पहिरो थुप्रेको पन्साउँदै यातायात सेवा सञ्चालन गर्नुपर्दा व्यवसायी तथा यात्रु दुवैले सास्ती खेप्नु परेको यवसायी टिकेन्द्र नेपालीले बताउनुभयो ।
यता बुधबार साँझसम्म नै पानी क्रम नरोकिएपछि स्थानीय तहहरुसँग भएका जेसीभी लगायत उपकरणहरु प्रयोग गरेर अवरुद्ध ग्रामीण सडक तल्काल खुलाउने अवस्था पनि नभएको बताइएको छ । बुधबार रातिदेखि वर्षाको क्रम रोकिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?