logo
२०८१ मंसिर ८ शनिवार



तनहुँमा २० प्रतिशतले धान उत्पादन घट्ने अनुमान

खुला |
प्रदेश |


तनहुँमा २० प्रतिशतले धान उत्पादन घट्ने अनुमान


प्रकाशचन्द्र भट्टराई
दमौली, कात्तिक ४ गते । केही दिनदेखि परेको वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा धानबालीमा क्षति पुगेको छ । तीन दिनदेखि परेको वर्षाले जिल्लाका विभिन्न ठाउँमा धानबालीमा क्षति पुगेको हो । धानबालीमा नोक्सान भएपछि जिल्लामा २० प्रतिशतले धान उत्पादन घट्ने अनुमान गरिएको छ ।

काटेर राखेको धान नष्ट बनाएको छ भने काट्न बाँकी रहेको धान समेत पानीले डुबाएको कृषकहरुको भनाइ छ । व्यास नगरपालिका– ११ पोल्याङका कृषक राजेन्द्र पौडेलले काटेर थन्क्याउन बाँकी रहेको धान पानीले क्षति बनाएको बताउनुभयो । चार रोपनी क्षेत्रफलमा लगाइएको धानमध्ये डेढ रोपनीको धान काटेर भित्र्याउन बाँकी रहेका बेला पानीले क्षति बनाएको उहाँले दुःख व्यक्त गर्नुभयो ।

“एक रोपनी धान झाटेर थन्क्याइसके, बाँकी डेढ रोपनी काटेर मात्रै राखेको थिएँ, पानीले सबै बिगा¥यो,” उहाँले भन्नुभयो, “कृषि ज्ञान केन्द्रले उपलब्ध गराएको नयाँ प्रजातिको धान भएकाले छिटो पाकेको थियो ।” शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा पनि वर्षाले धानबालीमा क्षति पु¥याएको छ ।

नगरपालिकाका कृषि शाखा प्रमुख नवराज पण्डितले काटेर राखेको साढे चारसय रोपनी धान पानीले बिगारेको जानकारी दिनुभयो । “काटेर खेतमै छाडिएको धान पानीले बिगारेको छ, घाम लागेर सुक्यो भने केही काम लाग्ला भन्ने झिनो आशा छ” उहाँले भन्नुभयो “सुकेपछि उठाउँदा धान झर्ने सम्भावना पनि धेरै हुन्छ ।”
दुई दिनको वर्षाले जिल्लाका अधिकांश ठाउँमा धान बिगारेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार जिल्लाको व्यास, शुक्लागण्डकी, म्याग्दे, आँबुखैरेनीलगायतका धानखेतमा वर्षाले नोक्सान गरेको छ ।

“यो वर्ष करिब २०–२५ प्रतिशत धान उत्पादन घट्ने अनुमान छ,” उहाँले भन्नुभयो । केन्द्रकाअनुसार जिल्लामा ११ हजार पाँचसय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । त्यसमध्ये दुई हजार पाँचसय हेक्टर क्षेत्रफलमा चैते धान हुनेगरेको छ । गत वर्ष एक लाख ४७ हजार मेटिूक टन धान उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे लगायतका क्षेत्र धान खेतीका लागि राम्रो मानिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?