logo
२०८२ भाद्र २१ शनिवार



डडेल्धुरामा एक लाख रुपियाँसहित २२ जुवाडे पक्राउ

खुला |
प्रदेश |


डडेल्धुरामा एक लाख रुपियाँसहित २२ जुवाडे पक्राउ


राजेन्द्र ठगुन्ना
अमरगढी, कात्तिक ४ गते । डडेल्धुरा जिल्ला सदरमुकाम नजिकै जुवा खेलिरहेका २२ जुवाडेलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पक्राउ गरेको छ ।

अमरगढी नगरपालिका ५, जिलोडास्थित पदमराज ओझाको घरमा तास खेलिरहेका २२ जनासहित ९३ हजार ९ सय ६० रुपिँया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताउनुभयो ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई जुवा तास ऐन अन्तर्गत कारबाही गरिने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख नेपालले बताउनुभयो । जुवाडेहरुको नाम भने प्रहरीले सार्वजनिक गर्न मानेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?