राजेन्द्र ठगुन्ना
अमरगढी, कात्तिक ४ गते । सुदूरपश्चिम प्रदेशमा भएको भारी वर्षाका कारण अवरुद्ध भएको विद्युत तथा टेलिफोन सेवा ४ दिनपछि सुचारु भएको छ ।
कैलालीको चुरे गाउँपालिका खानीडाँडा नजिक १३२ केभि लाईनमाथि रुख ढलेपछि विद्युतलाईनको तार चुँडिएपछि सदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा अवरुद्ध भएको विद्युत् सेवा बिहीबार दिउँसो सुचारु भएको डडेल्धुरा वितरण केन्द्रका कर्मचारी भुवन साहुले बताउनुभयो । उहाँले भन्नुभयो, “डडेल्धुरासम्म विद्युत सुचारु भएको भए पनि अन्य पहाडी जिल्लाहरुमा विद्युत् सुचारु हुन अझै समय लाग्ने बताउनुभयो ।
कैयौं स्थानमा विद्युतका पोलहरु ढलेको, टान्सफर्मर बगाएको र तारहरु ठाउँ ठाउँमा चुडालिएकाले अझै समय लाग्ने विद्युत् कार्यालयले जनाएको छ । विद्युत् प्राधिकरणको १३३ केभीको टावरमार्फत नै टेलिकमको अप्टिकल सञ्चालन गरिएको र १३३ केभीको विद्युतमा समस्या भएसंगै अवरुद्ध भएको टेलिफोन सेवा ओपिजी डब्लु सञ्चालन गरेर फोन सेवा सुचारु गरेको नेपाल टेलिकम डडेल्धुराका प्राविधिक प्रकाश बिष्टले बताउनुभयो ।
ओपिजी डब्लुमार्फत डडेल्धुरा, डोटी र दार्चुलाको गोकुलेसम्म फोन सेवा सुचारु भएको र अन्य जिल्लामा फोन सेवा सुचारु हुन अझै नसकेको प्राविधिक विष्टले बताउनुभयो ।