logo
२०८१ मंसिर ७ शुक्रवार



अझै खुलेन कर्णाली लोकमार्ग, सयौं यात्री अलपत्र

खुला |
प्रदेश |


अझै खुलेन कर्णाली लोकमार्ग, सयौं यात्री अलपत्र


प्रेमराज सिम्खडा
कालीकोट, कात्तिक ४ गते । लगातारको वर्षाका कारण अवरुद्ध सर्खेत–जुम्ला सडकखण्डको कालीकोट खण्ड अझै पनि सुचारु हुन सकेको छैन । लोकमार्ग सुचारु नहुँदा सयौं यात्री अलपत्र परेका छन् ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले तीनवटा प्रयास असफल भए पनि सडक सुचारु गर्न थप प्रयास भइरहेको बताउनुभयो । “सुरुमा हामीले सडक विभागले राखेका कामदार मार्फत साना पहिरो हटाउने प्रयास गर्यों, त्यो नभएपछि स्काभेटर लगाएर कालीकोट खण्डको मात्र ६ ठाउँको पहिरो हटाएर सडकलाई सुचारु गरेका थियौं” उहाँले भन्नुभयो, “फेरि पहिरो आयो र सडक अवरोध भएका छन् ।”

कालीकोट खाँडाचक्र नगरपालिका ७ को पिलीमा आएको पहिरो हटाउन नेपाली सेनाको सहयोग लिए पनि सफल हुन नसकिएको प्रजिअ आचार्यले बताउनुभयो । राजमार्ग तीन दिनसम्म बन्द हुनु लाजमर्दो भएको पूर्व सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताउनुभयो । लोकमार्ग सुचारु नहुँदा स्थानीयसहित अन्य यात्रुलाई सास्ती भएको स्थानीयको गुनासो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?